साहित्यकार दामोदर पुडासैनी किशोरलाइे रेयुकाई सर्बोत्कृष्ट सम्मान

इनेप्लिज २०७२ फागुन ३० गते १०:३६ मा प्रकाशित

 

damodar 1

युराशिया रेयुकाई नेपालले सर्बोत्कृष्ट रेयुकाई साहित्य सम्मान द्वारा बरिस्ठ साहित्यकार दामोदर पुडासैनी किशोरलाई एक भब्य समारोहबीच सम्मानित गरेको छ l रेयुकाई नेपालका मिहता जिम्मेवार निर्देशक जीवन कुमार जोशीले उहालाई सो सम्मान अर्पण गरेका हून् l

सम्मान वितरण समारोहमा प्रमुख अतिथि जोशीले साहित्यकारले समाजमा सकारात्मक् परिवर्तनको बाटो देखाउन सक्ने भएकोले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताउनु भयो l रेयुकाई जात ,भाषा ,लिंग ,रँग धर्मको विभेद मान्दैन पुडासैनी पनि मानवताको पक्षमा सिर्जना गर्ने श्रस्ठा भएकाले एवं जीवन र समयलाई बेग्लै रंगमा उजागर गर्ने श्रस्टा भएकाले उहाको सम्मान समयको आवश्यकता हो भन्नुभयो l

सभाध्यक्ष लक्ष्मण जोशीले बरिस्ट साहित्यकार दामोदर पुडासैनी किशोरले कविता र नियात्रा विधाका अमूल्य कृतिहरू दिएर राष्ट्लाई माथि उठाउने अत्यन्त उर्जाशिल श्रस्ठा भएकाले उहालाई यो सम्मान अर्पण गरेका हौ भन्नुभयो l

साहित्यकार हरिभक्त सिग्देल र रेयुकाईका शिबोचु राजेश श्रेस्ठ ले पुडासैनीले सिर्जनाकै लागि सारा जीवन शक्ति खर्चिरहनु भएको र उहाका कृतिहरू समयलाई डोर्याउन सफल भएकाले रेयुकाई सर्बोत्कृष्ट साहित्य सम्मान अर्पण गरिएको हो भन्नुभयो l सम्मानित श्रस्ठा पुडासैनीले रेयुकाई सम्मानले आफुलाई सिर्जनामा थप ब्युझाएको छ भन्नुभयो l

कविता ,कथा ,निबन्ध , नियात्रा विधामा सिद्धहस्त पुडासैनीको धर्मको ह्याङओभर र सिमानाका रंग : सिमानाका तरङ्ग नामका नया कृति यतिखेर अत्यन्त चर्चामा छन् l त्यसबाहेक यात्राका प्रेमिल तरंगहरु ,मायालु हुम्ला नमेटिएका चित्रहरु ,पहाड र प्रेम ,समएको सहीछाप ,आकारको खोजीमा, आलोकित आयाम , आँखाको खोजीमा ,आफन्तका अनुहारहरु जस्ता पुडासैनिका कृतिहरुले नेपाली साहित्य भन्डारमा विशेष छाप छोडेका छन् l

damodar 2

प्रतिक्रिया