अनिताको ” मेरो मायालाई ” सार्वजनिक

इनेप्लिज २०७२ फागुन २९ गते २३:५२ मा प्रकाशित

 

DSC03413-800x600
“ओठमा हल्का रातो लाली ,आँखा डीलमा गाजल
सोल्टिनीलाई देखेपछि को हुदैन पागल ,,, आहा……
मेरो  मायालाई कत्ति राम्रो सुहायो फूल बुट्टे चोलीले ….!!!!!!!”
यिनै माया र प्रेमका रोमाञ्चक शब्दहरुले सजिएको  “मेरो मायालाई”  गीति  म्युजिक भिडियो  हालै सार्वजनिक भएकोछ  । नेपाली सांगीतिक आकाशकि आशालाग्दी गायीका अनिता चलाउनेको प्रस्तुति रहेको सो गीतमा   लोक संगीतकाचर्चित गाएक रामजी खाँड र अनिता चलाउनेको स्वर रहेको छ । आशिष म्युजिक प्रा.लि .ले बजारमा ल्याएको सोम्युजिक भिडियोको निर्देशन बब्बु थापाले गरेका छन् भने छायांकन दुर्गा पौडेल ,सम्पादन  मिलन बि.क.,शब्द  सी.पी.मगर  र लय रामजी खाँडको रहेको छ ।  काठमाडौँ को फन पार्कमा छायांकन गरिएको सो म्युजिक भिडियोमा रामजीखाँड ,रश्मि तामांग लगाएत कलाकारहरुको उत्कृष्ट नृत्य प्रस्तुति रहेको छ । केहि महिना अघि मात्र सर्वाधिक चर्चित म्युजिक भिडियो ” भुन भुन गर्ने भमराले …” प्रस्तुत गरेकी अनिताले  ” मेरो मायालाई ” दर्शक/ श्रोताहरुले मन पराईदिनु हुने कुरामा ढुक्क छिन।

प्रतिक्रिया