बोस्टनमा यसरि मनाईयो नारी दिवस
गत बर्षहरु जस्तै यस बर्ष पनि नेपाली वुमेन ग्लोबल नेटवर्कले बोष्टनमा १०६ औं अन्तर राष्ट्रिय नारी दिवस भब्यताको साथ मनायो । गत मार्च ६ तारिख आईतबारका दिन बोष्टन स्थित एमआइटि कलेजमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको संचालनको लागि मितेरी समूहको बिशेष सहयोग रहेको थियो l उक्त अवसरमा नेपाली र विदेशी हरुको समेत उपस्थिति रहेको थियो ।
नेपाली र अंग्रेजी राष्ट्रियगानबाट शुरु गरिएको उक्त कार्यक्रममा एनडब्लुजीएन का अध्यक्ष रुक्मिनी कार्कीले स्वागत भाषण गर्नुका साथै सन् २०१५ मा संस्थाले गरेका कार्यहरुको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा गत वर्षहरु जस्तै ६५ वर्ष भन्दा माथि उमेरका आमाहरुलाई सम्मान गरिएको थियो l
यसको साथै आफ्नो प्रयासले अमेरिकाका सफल शिक्षिका, समाजसेवी एवम् व्यवसायी नारीहरु सम्झना गुरुङ श्रेष्ठ, सोफिया थकाली, गीता श्रेष्ठ र रुक्मणी काफ्लेलाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा स्वीकृति खनाल, जोसन, भुमिका, आकृति, सलोमी, शिवानी, परिनिता र काजोलले नृत्य प्रस्तुत गर्नुका साथै सिम्रन पौडेलले गीत गाएका थिए l
सांस्कृतिक कार्यक्रमकै क्रममा हिमालय हेरिटेज कल्चरल एकडेमीका सदस्यहरुले नेपाली बाजाहरुको सुमधुर धुन प्रस्तुत गर्नृु भएको थियो । एनडब्लुजीएन का सदस्य मीना शर्मा, शान्ती जोशी र रोश्ना घिमिरे न्यौपानेले कविता वाचन लगायत अरुना शर्माले नेपाली नारीहरुको अनुभव पनि सुनाउनु भएको थियो । उक्त अवसरमा नेहा रायमाझीले नेपाली नारीवादको बारेमा आफ्नो वक्तव्य पेश गर्नुभएको थियो l दक्षिण एसियाली नारीहरुको अमरिकामा कार्यगत शैली कस्तो रहेको छ भनेर डा. ज्योती सिन्हाले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै गरी जलवायु परिवर्तन र त्यसले नारीहरुमा पार्ने प्रभावका बारेमा डा. बिनिता केसीले आफ्नो वक्तव्य दिनु भएको थियो । उक्त कार्यक्रमको मुख्य वक्ता डा. शोभा हमाल गुरुङ रहनु भएको थियो । अमेरिकामा बस्ने नारीहरुको जीवनशैली र उनीहरुको भनाई लाई समेटेर तयार पार्नु भएको आफ्नो पुस्तक नेपाली माइग्रान्ट वुमेन रेजिडेंस एण्ड सर्भाईबल इन अमेरिकाको बारेमा पनि चर्चा गर्नु भएको थियो ।
यसै दिनको अवसरमा एन डब्लुजीएन न्यु इंग्ल्यान्ड च्याप्टर उद्घाटन कार्यक्रमको मध्य भागमा डा. विध्या रन्जितले पानसमा बत्ती बाली रिबन काटेर गर्नु भएको थियो । करिब चार घण्टामा समापन भएको उक्त कार्यक्रममा एन डब्लुजीएनका सदस्य जया शाहले धन्यवाद ज्ञापन गरी यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको समापन गर्नु भएको थियो ।
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
अमेरिकामा १ करोड १ लाख ६३ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड २८ लाखले खोप लगाए
प्रतिक्रिया