नेपाल एसिडीको सदस्य

इनेप्लिज २०७२ फागुन २८ गते २:३३ मा प्रकाशित

flag-nepalकाठमाडौँ, २८ फागुन । नेपाल एसिया सहयोग संवाद् (एसिडी) संस्थाको ३४औँ सदस्य राष्ट्र भएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा भएको १४आँै मन्त्रीस्तरीय बैठकले नेपालको सदस्यताका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्नुभएको छ । सो अवसरमा उपप्रधानमन्त्री थापाले नेपाल पान–एसियन अङ्गको सदस्य भएकामा खुसी प्रकट गर्दै नेपालले एसिडीलाई प्रभावकारी संस्था बनाउन अन्य सदस्यसँग रचनात्मक ढङ्गले मिलेर काम गर्ने बताउनुभएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बैठकले निकटता, विज्ञान र प्रवत्र्तन, शिक्षा र मानव संसाधन विकास, खाद्य ऊर्जा र जलसुरक्षाको अन्तरसम्बन्ध, संस्कृति र पर्यटन तथा समावेशी र दिगो विकासका लागि पहुँच प्रवद्र्धनजस्ता छ प्राथमिक विषयका प्रस्तवलाई स्वागत गरेको छ । दोस्रो एसिडी शिखर सम्मेलन आगामी अक्टोबरमा थाइल्यान्डमा हुने भएको छ । बैठकमा भाग लिन उपप्रधानमन्त्री थापा बुधबार बैंकक पुग्नुभएको थियो ।

प्रतिक्रिया