कारागारभित्रै बालस्याहार केन्द्रको माग

इनेप्लिज २०७२ फागुन २८ गते २:१४ मा प्रकाशित

काठमाडौँ, २८ फागुन । केन्द्रीय कारागार सुन्धाराका महिला कैदीबन्दीले कारागारभित्रै बालस्याहार केन्द्र हुनुपर्ने माग गरेका छन् ।

एक सय छऔँ अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा बन्दी सहायता नेपालले बिहीबार कारागारभित्र आयोजना गरेको कार्यक्रममा बालबालिका भएका महिलाले आफूसँगै बालबालिकालाई पनि राख्नुपर्ने बाध्यता रहेको बताउँदै बालस्याहार केन्द्रको माग गरेका हुन् ।

महिला दिवसका अवसरमा संस्थाका अध्यक्ष इन्दिरा रानामगरले केन्द्रीय कारागारका महिलालाई फलफूल, बिस्कुट बाँडेर नाचगान कार्यक्रमको आयोजना गर्नुभएको थियो ।

कारागारमा रहेका कैयौँ महिलाले कारागारको क्षमताभन्दा बढी महिला कैदी राखिएकाले आफूहरुलाई समस्या भइरहेको बताए ।

प्रतिक्रिया