न्यूयोर्क हल्लियो महिला साँस्कृतिक साँझमा

इनेप्लिज २०७२ फागुन २७ गते २३:१४ मा प्रकाशित

ny2

मेची काली जहाँजन्मे पनि, हामी नेपाली
हिमाल, पहाड, मधेश, जहाँका भए पनि, हामी नेपाली
संसारको जुन कुनामा पुगौं, हाम्रो मन नेपाली, हामी नेपाली
एक पल्टको नेपाली, सधैंको नेपाली । एक पल्टको नेपाली, सधैंको नेपाली ।

न्यूयोर्कमा यसपालीको १०६औं अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा एनआरएन एनसिसि युएसएको महिला समन्वय समितिद्वारा आयोजित महिला सांस्कृतिक साँझको शुरुवात यिनै हरफहरुका साथ शुरु भएको थियो l यो हरफहरु उच्चारण गर्दै मञ्चमा कार्यक्रमको सिलसिला अगाडि बढाउन तम्तयार थिइन् उद्घोषिका सच्ची मैनाली ।

विविध गीत संगीत र नृत्यले उपस्थित दर्शकहरुलाई नयाँ खालको स्वाद यो साँझले प्रस्तुत गर्दै थियो । कार्यक्रमको शुरुवात नेपाली राष्ट्रगान र अमेरिकी राष्ट्रगानवाट भएको थियो भने सँगीता मुखिय छोचोन, गीता विर्लाकोटीका कोकिल कण्ठवाट झरेका सुमधुर स्वरहरुले दर्शक श्रोतालाई मुग्ध वनाउन सफल थियो l

वीचवीचमा उद्घोषिकाले प्रस्तुत गरेका काव्याँशहरुले महिला साँस्कृतिक साँझ पक्कै हो भन्ने भान हुन्थ्यो ।

हे नारी, तिमी शक्ति हौ
तिमी सार हौ, तिमी स्नेहको श्रोत हौ
तिमी आकाश हौ, तिमी धरती हौ
तिमी प्रकृतिकै, अनुपम सिर्जना हौ
हे नारी
तिमी सवथोक हौ किनकी तिमी नारी हौ ।
तिमी विना चल्दैन यो संसार
किनकी
तिमी श्रृष्टिकै सुन्दर रचना हौ ।

कार्यक्रममा लोकगीत, आधुनिक गीत, हिपहप नृत्य लगायतका विविध आकर्षणले दर्शकको मन जितेको थियो ।नाम लिनु पर्दा गायक गायिका नृत्यकारहरुमा सँगीता मुखिया छोचों, गीता विर्लाकोटी, मञ्जु थापा, डेइजी शेर्पा, विजया सिम्खडा,रानी श्रेष्ठ, प्राप्ति श्रेष्ठ, रिया मैनाली ,जाइना मैनाली, इन्दु लामिछाने, मेघा शर्मा, रेश्मा खरेल बस्नेत , नीरु सिवाकोटी पूजा न्यौपाने लगायत थिए ।

सो कार्यक्रममा राजदूतको उपस्थितिलाई लिएर उद्घोषकले पढेको यो कविताले राजदूत लगायत सवैलाई मन्त्रमुग्ध बनाइदिएको थियो ।

अनुहारमा सधैं चहकिलो घाम उदाएजस्तो
अमेरिकाको भूमिमा जताततै छाएजस्तो
आज हामी सवै गदगद छौं
राजदूत डा. अर्जुन कार्कीलाई
यहाँ पाउँदा
साँच्चैको अभिभावक पाएजस्तो ।

न्यूयोर्कमा साँस्कृतिक कार्यक्रमहरु भइनै रहन्छन्, तर यो विशेष थियो र यो विशेष बनाउन संयोजक सँगीता मुखिया छोचों, वन्दना कोइराला तथा विशेष गरी कार्यक्रम प्रस्तोता सच्ची मैनालीको विशेष भूमिका रहेको थियो । कार्यक्रम सकिएपछि उद्घोषक संग तस्बिर खिच्न चाहनेको लाम लागेको थियो ।

पर्दापछाडिवाट यो कार्यक्रम सफल पार्न डल्लास एभरेष्ट लायन्स क्लवका चार्टर सभापति लायन अजय छोचोंको विशेष योगदान रहेको थियो भने अन्य कलाकारहरुले गरेको सहयोग पनि सह्राहनीय देखिन्थ्यो ।

प्रतिक्रिया