अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा गैरआवासीय नेपाली संघको सहभागीता

इनेप्लिज २०७२ फागुन २७ गते २:४५ मा प्रकाशित

image004

“Planet 50-50 by 2030: Step It Up for Gender Equality” भन्ने नाराका साथ २०१६ मार्च ८ का दिन नेपाल सरकार महिला बालबालिका तथा सामाज कल्याण मन्त्रालयको संयोजकत्वमा आयोजना गरिएको Rally मा गैरआवासी संघको सहभागीता रहेको थियो । विहान ८ बजे भृकुटी मंडपबाट सुरु भएको Rally पुतली सडक कमलादी हुँदै रत्नपार्क स्थित रानीपोखरी News - International Women Day-page-002निर रहेको शान्ती बाटिकामा गई सभामा परिणत भएको थियो ।

image010

माननीय उपप्रधान मन्त्री तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री चन्द्र प्रकाश मैनालीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा नेपाल सरकारको लैगिंक हिंसा विरुद्धको अभियानका सद्भाव दूत तथा सघका अध्यक्ष शेष घलेको विशेष अतिथिको रुपमा सहभागीता रहेको थियो । मन्तव्यको क्रममा उहाँले “Planet 50-50” भन्ने नाराका साथ विश्वभरी मनाई रहेको नारी दिवसमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्नु भयो । उहाँले महिला र पुरुषवीच हुने बिभेदका कारण हाम्रो जीवन, परिवार, समाज र राष्ट्रले ५० प्रतिशतको क्षमता गुमाउन परिरहेको छ र यही विश्वासका कारण बाँकी रहेको ५० प्रतिशत क्षमतालाई पनि उपयोग गर्न महिलालाई समान अबसर सिर्जना गर्नुपर्छ भन्ने धारणा राख्नु भयो । महिलाहरुलाई सबल सक्षम र विकासको हरेक क्षेत्रमा समावेश गराउनको लागि सबैभन्दा पहिल आफ्नै घरपरिवारबाट यसको सुरुवात हुनु पर्ने बताउनु भयो ।

image008


आजको Rally मा गैरआवासीय नेपाली सघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले, महिला संयोजक सपिला राजभण्डारी, सल्लाहकार राधा बस्न्यात, आईसिसि सदस्य जानकी गुरुङ्ग र सचिवालयका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, विद्यालयहरु र संचार कर्मीहरुको सहभागीता रहेको थियो ।

image006

त्यसैगरी आजै सम्माननीय राष्ट्रपतिको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभागृहमा एक समारोहको आयोजना गरिएको थियो । सो कार्यक्रममा सम्माननीय प्रधानमन्त्री, उपराष्ट्रपति, माननीय महिला बालबालिका तथा समाजकल्याण मन्त्री, नेपाल सरकारका विशिष्ट प्रतिनिधिहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली सघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले, महासचिव डा. बद्री केसी, महिला संयोजक सपिला राजभण्डारी, सल्लाहकार राधा बस्न्यात र आईसिसि सदस्य जानकी गुरुङ्गको विशेष अतिथिको रुपमा सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।

प्रतिक्रिया