आगोले लियो बालकको ज्यान
इनेप्लिज
२०७२ फागुन २७ गते १:२४ मा प्रकाशित
दोलखा, २७ फागुन । दोलखाको भीमेश्वर नगरपालिका–७ पिप्लेका एक बालकको पूजा गरेर फालेको आगो सल्कँदा बुधवार ज्यान गएको छ ।
घर नजिकैको जङ्गलमा जङ्गली देवताको पूजा गर्नका लागि धुपौरामा आगो बोकेर बत्ती बाली सल्लीपिरमा फालेर आगो सल्कँदा ११ वर्षीय मनिष खत्रीको ज्यान गएको हो ।
आफ्ना आफन्तसँग जङ्गली देवताको पूजा गरी धुपौरोमा लगेको आगो खनाई फर्केकामा सोही आगोबाट जङ्गलमा आगलागी भई निभाउन जाने क्रममा सोही स्थानमा बस्ने नारायण खत्रीको छोरा मनिष गम्भीर घाइते भएका थिए ।
घाइते भएका मनिषलाई उपचारका लागि काठमाडौँ लाने क्रममा बुधवार दिउँसो बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताउनुभयो ।
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
प्रतिक्रिया