संजीव आए सुनय उडाउदै (भिडियो सहित )

इनेप्लिज २०७२ फागुन २३ गते १:०५ मा प्रकाशित

12788826_10207655587006039_1761755396_o

कला क्षमता र सिप भएका नेपालीहरु देश छोडेर विदेशीने क्रम जारी छ तर कतिले देश छोडेर जहा गए पनि आफ्नो पनलाई र आफ्नो सिप कलालाई संंगै लिएर जीउछन जीन्दगी विदेशमा पनि आफ्नो पन सहित । करीव १२ वर्ष अगाडी विराटनगरवाट पहिलो नेपाली तारामा अडिसनबाट आफुलाई कलाकार सावित गरेका संजीव पराजुलीको यात्रा नेपाली तारमा टप १२ मा गएर रोकीयो तर दुईदीनको जीन्दगी कैले यता कैले उता भनेझै करीव ८ वर्ष देखी अष्ट्रेलीयामा बसोवास गर्दे आएका संजीवले संगीत र आफ्नो गाएन यात्रा कहील्यै छोडेनन ।

निकैलामो अथक प्रयास र सच्चा सरस्वती भक्त भैकन आज उनले आफ्नो पहिलो एल्वम सुनयको पहिलो गीत झिलमील झिलमील तारा जस्तै मार्फत मनको वह, गाएन प्रतिको चाहत छताछुल्ल पारेर सार्वजनीक गरेका छन ।

12788779_10153963568707485_1635029293_o

यस गीतका संगीतकार दिपक भट्टराई हुन भने शब्द होम नाथ न्यौपानेको रहेको छ । लक्ष्मण पौडेलको डाइरेक्सनमा यस गीतका म्युजीक भिडीयोमा वर्षा राउत र प्रदीप वास्तोलाले गीतलाई सुनको माला लगाइदीएका छन । नेपाली सुगम संगीतमा एउटा यस्तो नया नाम संजीव पराजुली जसको आवाजले सुगम संगीत प्यासीहरुलाई संगीतको रस पीलाउने छ ।

प्रतिक्रिया