आनी छोइङले राष्ट्रसंघ न्युयोर्क तथा डिसीमा गीत सुनाउने
फुलको आँखामा फूलै संसार बाट हरेक नेपालीको हृदयमा बास बसेकी सुमधुर स्वरकि धनि आनी छोइङले आगामी मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउने भएकी छिन् l
उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको छ भने उनले त्यहाँ हिमाली बौद्ध भजन, तथा आध्यात्मिक गीत सुनाउने कार्यक्रम तय भएको छ l संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको स्वरमा सुनिने भएको छ भने आनीले भजन र आध्यात्मिक गीतको साथै मन्तब्य पनि दिने छिन् l
‘राष्ट्रसंघले सन् २०१२ देखि २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवस’ मनाउदै आएको छ भने उक्त अवसरमा आनी छोइङ डोल्माले बौद्ध मन्त्र मार्फत शान्तिको कामना समेत गर्ने छिन्। युनिसेफकी सद्भाव दूत समेत रहेकी आनी छोइङको टोलीमा संगीतकार न्ह्यू बज्राचार्य, गोपाल रसाइली र रमन महर्जन पनि रहने छन् l
यसको अतिरिक्त आनी छोइङले अमेरिकाको वाशिंगटन डिसी तथा न्युयोर्कमा भुकम्प पिडितहरुको सहयोगार्थ दुईवटा संगीत कार्यक्रम गर्ने भएकी छिन् l राष्ट्रसघको प्रस्तुति पछि न्युयोर्कमा आनीको कार्यक्रम मार्च २६ तारिखमा कोलडेन सभा मण्डप(अडीटोरिएम)मा अमेरिकाको न्युयोर्कमा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था ग्रास मुभमेन्ट इन नेपाल(जीमिन)ले भूकम्प पिडितको सहयोगार्थ गर्ने भएको छ l
यसै गरि वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप(अडीटोरिएम)मा अप्रिल २ तारिख आनीको कार्यक्रम हुने भएको जानकारी आयोजक सदस्य तथा ब्यबसायी सुरेश सापकोटाले जानकारी दिएका छन् l
अमेरिकामा आनी छोइङको सांगीतिक कार्यक्रम हुने भएकोले अमेरिकामा उनका प्रसंशकहरु उत्साहित भएका छन् l
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया