फागुन २१ गते
भरतपुरमा रहेको नौरिस नेपाल नामक संस्थाले रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई आज खाद्यान्न एवं सिलाई र इन्टर लक मेसिन सहयोग गरेको छ । अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका नेपालीहरुको संस्था ‘सहयोेग गरौै, शिक्षित बनाऔ’ं मार्फत वलराम घिमिरे र सुनिता घिमिरेको पहलमा संकलन भएको ६० हजार रुपियाले सामग्री खरिद गरि पठाएको हो । नौरिस नेपालका अध्यक्ष मधुसुदन सुवेदी, सचिव प्रकास सापकोटा ,सदस्यहरु दिपक सापकोटा र निमेस सापकोटाको टोली केन्द्रमा पुगी सो सामग्री हस्तान्तरण गरेको हो । केन्द्रमा मकवानपुर ,चितवन र धादिङका १ सय ४० जना चेपाङ बालबालिका अश्रित रहेका छन ।
प्रतिक्रिया