अमेरिकामा हात खुट्टा छिटो चलाउनेको पेट दाप्से कहिले नहुने

इनेप्लिज २०७२ फागुन २१ गते २:५४ मा प्रकाशित

BIJAY THAPA

खाए लाग्छ नखाए लाग्दैन l खानु पर्छ अनि पेट लाग्छ l धरोधर्म ,टन्न खाए पछि भुडी उकसिन्छ l खाएन भने पेट जहिले पनि खोक्रोको खोक्रै l बिशेष गरि नेपाल बाट बिदेसिएका नेपालीलाई नेपालमा हुँदा पेट बाहिर निस्केको थियो ,परदेशमा कामको बोझले खान नपाएर कठै पेट सुकेछ भन्ने अड्कल काटिन्छ l जति पेट निस्क्यो राम्रो संग खादा हुन् भन्ने भान पर्दछ l खाएर नै लागेको होला भन्ने अनुमान गरिन्छ l

पेट भित्र पसेको र शरीर खिरिलो छ भने परदेशमा दुख बेसाउन गएको भन्ने समाजले गलत अर्थ लगाई दिन्छन l बिदेशमा दुब्लो र पातलो अवस्था देख्दा विदेश नगएको भए पनि हुन्थ्यो भन्ने गरिन्छ l छदा खदाको जिउ बिचरा सुकेनास भएछ भनि सहानुभूति पनि पाईने गरिन्छ l

विदेशमा गएका नेपाली अलिक प्वाक पुक्क छन् भने कमाएछ भने सोचिन्छ l मोटोघाटो देखे भने विदेश फापेछ भन्ने गरिन्छ तर ठिक बिपरित ख्याउटे,देख्दै रोगि जस्तो देखियो भने दुख पायो भन्ने गरिन्छ l नेपालमा हुँदाको शरीरको तुलना गर्दै चोक्टा खान गएकी बुढी झोलमा डुबेरमा मरी भन्ने नेपाली उखान निकालिन्छ l

अमेरिकामा काम नेपालको भन्दा कहिँ गुणा छिटो गर्नु पर्छ l लोसे ,भद्दा ,अल्छी छ भने त्यस्तालाई डाडो कटाइन्छ l जो छिटो र छरितो हुन्छ उ सबैको प्यारो हुन्छ l उसको जागिर सुरक्षित हुन्छ l काममा हात र खुट्टा बेजोड चलाउन नसक्दा पटक पटक दुख पाइन्छ l बारम्बार नोकरी हिडे मानसिक तनाब आउछ l घर चलाउन कठिन भए के गरौ र कसो गरौ भन्ने मनमा कुरा खेल्छ l अनेकौ कुरा मनमा खेल्छ अनि खान मन लाग्दैन l भुडी नभरिए पेट दाप्से हुन्छ l

अमेरिकामा काममा कडा मेहनत र परिश्रम गर्नु पर्छ l अमेरिकामा बाच्न र स्थातित्व कायम गर्न शरीरलाई चुस्त बनाउनु पर्छ l स्वास्थ्य हुन् खानु पर्छ l हात र खुट्टा छिटो चलाउन जागर चलाईएन भने कमाईको बाटो बन्द हुन्छ l ढिलो हात र खुट्टा चलाउनेको तुलना हुन्छ l अल्छिको गुण रहेछ भनि कति खेर कुन निउमा हुत्याउने दाउमा हुन्छन l र त्यहि घानमा ढिलो हातखुट्टा चलाउनेलाई माफ गर्नु होला ,भोलि देखि आउन दुख नगर्नु होला भनि कामको द्वार थुनी दिन्छन l अनि पेट लाग्ने कुरै भएन ,झड्का लाग्छ र पेट दाप्से हुन् सुरु हुन्छ l

यस्ता ढिडा काल बाट उत्पादकत्व निकाल्न मुस्किल देखे पछि जय राम जी कि भनि दिन्छन l जसको कारण मानसिक तनाब झेल्नु पर्छ l कमाई भएन भने भोकै पर्ने अवस्था पनि आउदछ l पेट कुईकिञ्छ l अन्न भुडिमा नपरे पछि पेट दाप्से हुन्छ l लगाएको लुगा अरुको जडौरी भिरे जस्तो पनि हुन्छ l

अमेरिकामा हात र खुट्टा द्रुत गतिमा चल्छ भने भबिष्य उज्ज्वलमय हुन्छ l हातखुट्टा छिटो घुमाउन सके कहिले पनि भोको रहनु पर्दैन l जागिर बचे ,जस्तो पनि खान पाइने हुनाले मनमा सन्तोष हुन्छ l छिटो छरितो काम गरेकै भरमा जागिर दिर्घकालिन समय सम्म टिक्ने भएकोले चरम आनन्द आउछ l छिटो काम गर्ने भए जहाँ पनि बिकिन्छ l फुर्तिलोलाई कसैले गुमाउन चाहदैनन् l छिटोको बजार भाउ राम्रो हुन्छ l अरुले सिफारिस गरि दिन्छन l लामो समय सम्म काम भए जीविकोपार्जन गर्न अप्ठ्यारो हुदैन l कमाई निरन्तर भए पछि पेट कहिले दाप्से हुने कुरै भएन l

हातखुट्टा उग्र छिटो चलाउनेलाई कामको दुख कहिले हुदैन l कामको दुख नभए पछि सधै आम्दानी आई रहन्छ l घरमा लक्ष्मी भित्रिए पछि खर्च गर्न फुर्ति आउछ l अर्थ आउने श्रोत भै रहे पेट पूजा गर्न कहिले अभाव हुदैन l

तर अमेरिकामा हात खुट्टा यन्त्र झैँ चल्नु पर्छ l चलाउन सके भुडी दप्से पर्दैन l त्यो चल्यो भने अमेरिकामा जागिर फ्याला फ्याल हुन्छ l पेट सधै गणेश भगवान जस्तो भै रहन्छ l दुख पाईदैन l हातखुट्टा बेपत्ता चलाउनेको पेट कहिले दाप्से हुदैन l

प्रतिक्रिया