आइतबार, माघ ४ २०७७
काठमाडौं ११:४३
वासिङटन डिसी 00:58

हत्या गरिएकाका परिवारलाई सहयोग

इनेप्लिज २०७२ फागुन २० गते ३:०३ मा प्रकाशित

भीमदत्तनगर, २० फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ कलुवापुरका व्यवसायीले केही दिनअघि हत्या गरिएका होटल व्यवसायीका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

आइतबार राति कलुवापुरस्थित होटल बैतडीका सञ्चालक दामोदर अवस्थीको हत्या गरिएको थियो । बुधबार कलुवापुर बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष जयबहादुर विष्टसहितको व्यापारीको टोलीले स्थानीय बजारबाट सङ्कलित रु १४ हजार ६०० अवस्थीका परिवारलाई हस्तान्तरण गरेका छन् ।

हत्यामा संलग्न स्थानीयवासी चारजना युवालाई प्रहरीले पक्राउ गरी कारबाही थालेको छ । घटनापछि यहाँका व्यवसायीले प्रहरी बिटका साथै व्यवसायीको सुरक्षाको मागसमेत स्थानीय प्रशासनसित गरेका छन् ।

प्रतिक्रिया