उनी अभिशाप भएर जन्मिइन् रे

इनेप्लिज २०७२ फागुन १९ गते १३:०७ मा प्रकाशित

शोभि-अजर

विधा — कविता
शिर्षक — उनी अभिशाप भएर जन्मिइन् रे
लेखिका — शोभि अजर

उनी अभिशाप भएर जन्मिइन् रे

उनी जन्मेको
सबैलाई अभिशाप
भयो रे
उनी जन्मिएर
सबैलाई दुःख
दिइन् रे
उनी हरदम
काम बिगारिरहन्छिन् रे
उनी केही काम
पनि गर्दिनन् रे
न घर भित्रको काम गर्छिन् रे
न घर बाहिरको काम गर्छिन् रे
त्यसैले सबैले उनलाई
अभिशाप भन्छन् रे
उनले कसैलाई पनि
सहयोग गर्दिनन् रे
उनी कसैले भनेको
मान्दिनन् रे
उनको अनुशासन
छैन रे
उनी जब्बर
छिन् रे
त्यसैले उनी अभिशाप
भएर जन्मिइन् रे ।

(समाप्त)

प्रतिक्रिया