दिनदहाडै महिलाको रकम चोरी
इनेप्लिज
२०७२ फागुन १८ गते ३:३३ मा प्रकाशित
दाङ, १८ फागुन । दाङको तुलसीपुरमा दिनदहाडै एकजना महिलाको रु एक लाख ५० हजार चोरी भएको छ ।
सोमबार दिउँसो तुलसीपुर–८ दुधेना निवासी लबरी चौधरीको उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।
चौधरीले राष्ट्रिय वाणिज्य बैंकबाट उक्त रकम निकालेको र रकम निकासा गरी घरतर्फ फर्कने क्रममा बाटोमा धोतीमा लागेको फोहर पखाल्ने क्रममा उहाँको रकम चोरी भएको थियो ।
प्रहरीका अनुसार चौधरीले तुलसीपुर–५ बसपार्कको वधशालामा आफ्नो कपडामा लागेको फोहर पखाल्ने क्रममा पैसा राखेको ब्याग नजिकै राखेर कपडा सफा गर्ने क्रममा दुईजना सडक बालकले ब्याग चोरेर फरार भएका थिए ।
प्रहरीले रु एक लाख ५० हजार नगदसहित एउटा मोबाइल पनि रहेको झोला चोरेर भाग्ने ती बालकको खोजी जारी रहेको जानकारी दिएको छ ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया