नलेखी बस्दा मन छट पटीन्छ र दिमाग रन्थनिञ्छ ” साहित्यकार गोविन्द गिरि प्रेरणा

इनेप्लिज २०७२ फागुन १७ गते ११:३१ मा प्रकाशित

g5

झन्डै ३८ बर्ष देखि अविरल रुपमा साहित्यको फाँटमा कलम चलाई रहेका साहित्यकार गोविन्द गिरि प्रेरणालाई नलेखी बस्दा कतिको हात सक सकाउछ भन्ने जिज्ञासा राख्दा उनि भन्छन ,नलेखी बस्दा मन छट पटीन्छ र दिमाग रन्थनिञ्छ । नलेखि बस्नु भनेको स्वास नफेर्नु जस्तो हो । त्यो नगरे मन भुट भुटीन्छ प्रेरणा भन्दछन ।

एक दशक भन्दा ज्यादा समय देखि अमेरिका भासिएका बिभिन्न कारहरुका धनि गोबिन्द गिरि प्रेरणालाई डिसी महानगर क्षेत्रमा उनको निजि पुस्तकालयमा भलाकुसारी गर्ने क्रममा उनले २-४ दिन नलेखि बस्दा मनका कुराहरु कहिले पोखु भन्ने लाग्छ भने । उनले आफै रचेको कविता ,तस्बिरै त रहेछ परदेशमा भन्ने कविता हामीलाई सुनाउदा हर्षित भए ।

डिसीमहानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा बसोबास गरि रहेका प्रेरणा संग दश हजार भन्दा ज्यादा पुस्तक नै पुस्तक ले भरिएको उनको निजि पुस्तकालयमा भएका पुस्तक मध्ये अस्सी प्रतिसत पुस्तकका लेखक र यसको बारेमा ज्ञान भएको बताए । उनको पुस्तकालयमा नेपाली साहित्यका पुस्तक छुट्टै खण्ड बनाएका छन् भने ज्यादा पुस्तक नअटाएर अतिरिक्त कोठा पनि पैचो लिएर पुस्तक जतन गरेका छन् ।

g4

उनि थुप्रै बिषयमा कलम चलाउन शिपालु छन् । बिदेशमा भएता पनि उनि धेरै कार भएका मध्येका एक साहित्यकार हुन् भन्दा अतिसयोक्ति नहोला । प्रेरणा उनको उपनाम र उनि यहि नामले स्थापित छन् । भए भरको कारहरु ,गीतकार ,नाटककार ,पत्रकार ,कथाकार ,उपन्यासकार ,निबन्धकार तथा नियात्राकारले साथ दिएको छ साहित्यकार गोबिन्द गिरि प्रेरणालाई । उनि झन्डै नौ वटा कारहरुका स्वामी बन्न सफल भएका छन् ।

यसको अतिरिक्त उनि संग सवारी साधन स्वरुप अमेरिकन कार पनि छ । उनले कुराकानी गर्ने क्रममा हामीलाई दुखेसो पोख्दै जीवनमा यति धेरै कारहरु हासिले गरिने रहेछ । उनले अगाडी थपे ,नेपालमा केवल २० पैसा आफ्नो गोजीमा नहुँदा काठमाडौँमा चल्ने ट्रली बस चढ़न नपाई लुखुर लुखुर पानीमा रुझ्दै हिडेको आफुले कहिले नबिर्सेको संस्मरण सुनाए । तर भाग्य र मेहनतले डिसीमा चाहेको जस्तो गाडी अहिले कुदाउन पाउँदा आनन्दको अनुभूति भएको बताए ।

g 1

हामी संग गफिने क्रममा उनले भने आफुले ६ वटा कथा ,५ वटा कविता , ५ वटा उपन्यास र निबन्ध /यात्रा संस्मरण तथा हास्य व्यंग गरि २२ वटा पुस्तक प्रकाशित भएको खुलासा गरे जसमध्य गन्तव्य गणवहाल गत डिसेम्बरमा नेपालमा छँदा साझा प्रकाशनवाट प्रकाशित भएको थियो र विमोचन समेत भएको थियो । ।

एउटा सिडी (वृत्त चक्का ) निकालेको पनि उनले बताए । एक छिन् घोत्लिदै र थप्दै भने आफुले सम्पादन र पुस्तक अनुबाद समेत जोड्ने हो भने ३२ वटा पुस्तक भै सकेको छ ।

स्नातकोत्तर को सोध पत्रमा आफ्नो व्यक्तित्व कृतित्व लेखिएको ईतिहास सुनाउदै नेपालमा हुँदा अनगिन्ती पत्र पत्रिकामा आफ्नो अन्तर्वार्ता आएको बताए । प्रेरणाले जीवनमा पहिलो पटक २०३२ साल साउनमा लिखित गीति कविता ” ईशारा किन गर्यौ मलाई एकान्तको पहाडमा ,छटपटाउने बेथा कि दियौ एकान्त को पहाडमा ” भएको बताए ।

प्रारम्भिक चरणमा दुई हरफको कविता बाट आफुले साहित्यको श्री गणेश गरेको बताए । उनले कुरै कुरामा जापानिज भाषामा पनि आफ्नो बारेमा प्रकाशित भएको र जापानको पत्रिकामा छापिएको समेत चर्चा गरे । यसको अतिरिक्त बंगाली भाषामा पनि आफ्नो रचना प्रकाशित भएको भन्दै १९८७ को जुन महिनामा भारत बाट प्रकाशित हुने कादम्बिनी(हिन्दि )मा पनि कविता छापिएको प्रसंग सुनाए ।

g 2

यसको साथै प्रेरणाले आफुले रंगमंचमा पनि अभिनय गरेको चर्चा गर्दै २०४२ सालमा आफैले लेखेको र निर्देशन गरेको मिन भवन कलेजको तर्फ बाट प्रज्ञा भवनमा ब्रह्मपुर् नाटक गर्दा खचाखच भरिएको ऐतिहासिक कहानी सुनाए ।

उनले कुराकानीको सन्दर्भमा आफुले नेपालमा एकल कविता वाचन ३ पटक र अमेरिकामा ५ पटक गरेको बताए । उनले अगाडी थपे अमेरिकामा आएर बसन्त श्रेष्ठका कविता पुस्तक सम्पादनको साथै ध्रुव थापाका कविता तथा गीत पुस्तक समेत सम्पादननगरेको बताए ।

प्रेरणाले अगाडी भने नेपालमा साहित्यिक पत्रिका २०३६ सालमै सम्पादन गर्ने मौका पाएको र त्यो बैतनिक रुपमा गरेको बताए । ऐतिहासिक साहित्य पत्रिका ‘लघु कथा प्रधान ‘पत्रिका लघु कथा सम्वन्धी पहिलो पत्रिका भएको वताउँदै त्यो आफ्नो सम्पादन तथा प्रकाशनमा भएको जानकारी दिए ।

g3

यसको साथै नेपालमा हुँदा राइटर्स क्लव खोलेर साहित्यिक गतिबिधि र प्रकाशन गरेको बताए ।यसको साथै उनले कुरै कुराको शिलशिलामा किशोर पहाडी र अशेष मल्लको संयुक्त कथा संग्रह कथा कोण प्रकाशन समेत गरेको कहानी सुनाए । नयन राज पाण्डेको पहिलो उपन्यास नाङ्गो मान्छे को डायरी प्रकाशन समेत आफुले गरेको जानकारी दिए ।

कुराकानी गर्ने क्रममा सन् २०१४ मा अमेरिकामा अमेरिका नेपाल साहित्य प्रतिष्ठान स्थापना गरेको र त्यसले निकट भविष्यमा विविध साहित्यिक गतिबिधि गर्ने क्रममा रहेको बताए ।

प्रतिक्रिया