जिल्ला बन कार्यलय मोरङको आयोजनामा आगलागी सम्बन्धी कार्यक्र सम्पन्न

इनेप्लिज २०७२ फागुन १६ गते १४:४२ मा प्रकाशित

10

पथरी फागुन १६

जिल्ला बन कार्यलय मोरङको आयोजनामा आगलागी सम्बन्धी कार्यक्र सम्पन्न भएको छ । बन क्षेत्रमा आगलागी बढने समय आएकोले यसलाई निरुत्साहित बनाउने उदेश्यले आगलागी सम्बन्धी सप्ताहा कार्यक्रम आईतबार पथरीशश्चिरेबाट सुरु भएको हो ।

11जिल्ला बन कार्यलय मोरङका प्रमुख दिपक ज्ञवालीले बन क्षेत्रमा भई रहेको आगलागीले बार्षिक १२ करोड रुपैयाँ घाटा भई रहेको बताए ।

9

यस बर्ष देखि आगलागी बिरुद्ध सुन्य सहनसिलता अपनाउदै यस कार्यलाई अन्त्य गर्न सबैको एकता हुनु पर्ने बताए । कार्यक्रममा सेक्टर बन कार्यलय मंगलबारे माताहतका सामुदायिक बनहरुको उपस्थिती रहेको थियो भने सामुदायिक बनका पदाधिकारी, उपभोत्ता सदस्यहरुले ईलाका बन कार्यलय पथरीदेखि भुटानी शरणार्थी क्याम्प क्याम्पसमोड हुदै पथरी बजार परिक्रमा गरि हरियाली सामुदायिक बन उपभोत्ता समुहमा कोणसभामा परिणत भएको थियो ।

8

 

प्रतिक्रिया