नेपाली चेली जापानमा मिस किमोनो प्रतियोगिताको फाईनल भिडदै (भोटिङ लिंक सहित)

इनेप्लिज २०७२ फागुन १६ गते ३:१३ मा प्रकाशित

Rupa-Singh

नेपाली चेली रुपा सिंह जापानको विश्वविद्यालय स्तरिय मिस किमोनो २०१६ को उपाधीका लागि प्रतिस्पर्धामा चुनिएकी छन । जापानको ईवाराकी स्थित चुकुवा विश्वविद्यालयमा अध्ययनरत रुपा सिंह ६० विश्वविद्यालयका जापानी युवतिहरुसंग जापानी पोसाक किमोनोमा सजिएर प्रतियोगितामा भाग लिएकी हुन । अन्तर विश्वविद्यालय स्तरिय प्रतिस्पर्धामा जापानभरिका करिव सयजना सहभागि मध्ये नेपाली चेली रुपा एक्ली विदेशी प्रतियोगि पनि हुन । गत नोवेम्वरमा सम्पन्न कलेज स्तरिय मिस चुकुवामा भाग लिएकी रुपालाई विदेशी भएपनि उत्कृष्ट प्रर्दशन गरेको आधारमा आयोजकले प्रतियोगितामा चयन गरेका थिए ।

भर्खरै मात्र जानकारी पाएकी रुपालाई मिस किमोनो आयोजकले आफनो वेव साईटमा भोटिङ आधारमा उत्कृष्ट चयन हुने जनाएको छ । जसका लागि निम्न लिंकमा गएर रुपालाई भोट गर्न सकिने छ । कसरी गर्ने भोट यो लिंकबाट http://eh-misskimono.jp/miss/318 भोटिङ गर्न पिंक कलरमा रहेको 投票 (とうひょう) 8मा क्लिक गरेर आफनो भोट गर्न सकिने छ।

उनलाई भोली सोमवारसम्ममा भोट गर्न सकिनेछ । नेपाल जापान डटकमसंग कुराकानी गर्दै रुपाले सम्पूर्ण नेपालीहरुमा आफुलाई भोट गर्न आग्रह गरेकी छन । प्रतियोगितामा सहभागि भएर नेपाल चिनाउने मौका पाएको भन्दै उनले प्रतियोगिता जितेमा जापानी विद्यार्थीहरुमा अझ राम्रो सन्देश जानेमा उनी ढुक्क रहेको बताईन । काठमाडौँ बानेश्वरकी रुपा विगत साढे दुई वर्षयता चुकुवा विश्वविद्यालयमा ईन्टरनेशलन सोसल साईन्समा स्नातक तहमा अध्ययरत छिन । यो लिंकबाट भोटिङ गर्न  सकिनेछ । –

प्रतिक्रिया