रत्ननगरमा बंैकिङ्ग सचेतना कार्यक्रम
रत्ननगर १४, फागुन
सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड र शहिद स्मृति बहुमुखि क्याम्पस, रत्ननगरको संयुक्त आयोजनामा शहिद स्मृति बहुमुखि क्याम्पस रत्ननगरमा बैंकिङ्ग सचेतना कार्यक्रम गरिएको छ । क्याम्पसका बीबीएम तहमा अध्ययनरत विद्यार्थीहरुलाई बंैकिङ्ग सचेतना कार्यक्रम मार्फत् बैंकले गर्ने कारोबार र विद्यार्थीहरुले बैंकिङ्ग क्षेत्रका गतिविधि बारे जानकारी लिएका थिए । कार्यक्रममा सिद्धार्थ डेभलपमेण्ट बैक टाँडीका शाखा प्रमुख विरोध अधिकारीले विद्यार्थीहरुलाई बैकिगं सचेतनाको वारेमा जानकारी गराएका थिए ।
पुर्वी चितवनको शहीद स्मृति बहुमुखी क्याम्पसमा मात्र बीबीएम कक्षा सञ्चालन गरिएको छ । सो कार्यक्रममा क्याम्पसका बीबीएम कार्यक्रम प्रमुख जगन्नाथ अधिकारीले विद्यार्थीहरुलाई बीबीएम र बैंकिङ्ग क्षेत्रको अन्तर सम्बन्धको बारेमा प्रकाश पारेका थिए ।
सिद्धार्थ डेभलपमेण्ट बैंक, एकता विकास बैंक लिमिटेड तथा नेपाल आवास फाइनान्स लिमिटेड गाभ्ने अन्तिम चरणमा रहेका छन् । यहि पुस मसान्तमा यस सिद्धार्थ बंैकले विकास बैक समुहमा सवैभन्दा वढी नाफा गरेको थियो । बैकले हाल विभिन्न निक्षेप खाता, कर्जा लगानीको साथै ई–बैकिगं, एसएमएस बैकिङ्ग जस्ता आधुनिक बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । मर्जर पश्चात बैंकको चुक्ता पूँजि १ अर्ब १४ करोड, निक्षेप ११ अर्ब ५० करोड , कर्जा लगानी ९ अर्ब ५० करोड, शाखा संजाल ३० तथा कर्मचारी संख्या २७२ हुनेछ ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया