“इच्छा-पत्र !”

इनेप्लिज २०७२ फागुन १४ गते १५:२७ मा प्रकाशित

Gautam-Udaya

अवसरको खोजीमा, भनौ या बाध्यतामा

छु म अहिले, टाढा विदेशी भूमीमा

संघर्ष गर्दागर्दै यतै, मरें भने खुत्त्रुक्कै

मेरो पार्थिब शरीरलाई, किमार्थ यहाँ नजलाइदिनु

चन्दा उठाएर भए पनि, नेपाललाई बुझाइदिनु

नेपाललाई बुझाइदिनु | 

पर्दैन सोध्न मेरो नाम, नेपाली भनिदिए पुग्दछ

पर्दैन खोज्न ठेगाना, नेपाल लेखिदिए पुग्दछ

छोडाएर अर्काको बस्त्र, सूर्य र चन्द्र ओढाइदिनु

बैरङ बनाउनु परे पनि, नेपालमा नै पठाइदिनु

नेपालमा नै पठाइदिनु |

लेख्नै परे अन्तिम वाक्य, “जय नेपाल!” लेखिदिनु

सोध्नै परे अन्तिम इच्छा, स्वर्ग-नर्क नासोधिदिनु

नेपालको पन्चतत्वले, बनेको यो मेरो शरीरलाई

जसरी हुन्छ कृपया, नेपालमा नै पठाइदिनु

नेपालमा नै पठाइदिनु |

———समाप्त—————–

रचना- गौतम “उदय”

फेब्रुअरी १८, २०१६

प्रतिक्रिया