नाटक “जोडियोस भत्किएका मनहरू“को पुनः प्रदर्शनी पनि हाउसफुल

इनेप्लिज २०७२ फागुन १२ गते १२:५२ मा प्रकाशित

photo

अशेष मल्लद्धारा लिखित नाटक जोडियोस् भत्किएका मनहरु को पुनः प्रदर्शनी पनि हाउसफुल भएको छ । फेब्रुअरी २० तारिखका दिन पुनः मञ्चन भएको नाटकलाई पनि दर्शकहरुले स्वाद मानेर हेरेका थिए ।

3
म्यानह्याटनमा रहेको 777 Theatre मा पुनः प्रदर्शनी भएको नाटक अवलोकन गर्न अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनबहादुर कार्की समय निकालेर पुग्नुभएको थियो । नाटक मञ्चन भएपश्चात नाटकप्रेमीहरुलाई सम्बोधन गर्दै कार्कीले नाटकले भुकम्पको पीडालाई सजीव रुपमा उतारेको भन्दै प्रशंसा गर्नुभयो ।

2
“ मैले नाटक हेर्दा भुकम्पको पीडा अनुभुति गरें । सांच्चै निकै नै उत्कृष्ट नाटक बनेको रहेछ यो । ”
वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापाले निर्देशन गर्नुभएको नाटक जोडियोस् भत्किएका मनहरु नेपालमा आएको विनाशकारी भूकम्प पछिको कथा व्यथा पोखिएको छ ।
नाटकमा नदिया लिवाङ्ग, संगीता उप्रेती, सहदेव पौडेल, यादव गौतम, ज्योतिकुमार श्रेष्ठ, दिपिका श्रेष्ठ,अनुज थापा, विकास बिष्ट, कृष् थापा ,क्रिस्टल थापा, दिलाष्मा रजक र निर्देशक हरि बहादुर थापाले सुत्रधारको भूमिकामा अभिनय गरेका छन् ।

1
१५८ सिट क्षमताको उक्त थियटरमा यसअघि डिसेम्बर १३ तारिखका दिन पनि नाटक मञ्चन भएको थियो ।

प्रतिक्रिया