आइतबार, माघ ११ २०७७
काठमाडौं ०४:४२
वासिङटन डिसी 17:57

नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) को “स्वस्थानी पूजा”

इनेप्लिज २०७२ फागुन ११ गते २०:२७ मा प्रकाशित

अमेरिकाको बाल्टिमोर फ्रिंक्सटन-सिटीमा रहेको ग्रेटर बाल्टिमोर हिन्दु मन्दिरमा  “स्वोस्तानी पुजा” सम्पन्न भएको छ l    नेवा: अर्गनाईजेसन अफ अमेरिका (NOA) द्वारा आयोजित उक्त “स्वोस्तानी पूजा” मा नेवा: संस्कृतीविद् (पुरोहित) बसब राजोपाध्याले श्री स्वोस्थानी माता को पुजा आराधना  गरेका थिए l

रातो सारीको पहिरनमा ऊपस्थित नेवा: महिला तथा पुरुषको समुहलाई  पुरोहित राजोपाध्याले र संस्थाका पुरुष भाईस प्रेसिडेन्टले माईकबाट मन्त्र पढ्ने, सबैले मन्त्र छोप्ने, फस्ट भाईस प्रेसिडेन्ट बबिता श्रेष्ठले घन्टी बजाऊने र  अध्यक्ष रामलाल श्रेष्ठले संख फुक्ने गर्दै दिनभर श्री स्वोस्थानी माताको पूजा  अराधना गरिएको थियो l श्री स्वोस्थानी माताको पूजा / आरती सकिएपछी  मन्दिरको परिसरमा रहेको स्तुपामा पुरोहित राजोपाध्याले सबैलाई ३ – ३ पटक  ” होम् “ गराएका थिए l

प्रतिक्रिया