गौ सेवा कोष स्थापना होस : वैद्यराज दीपक सुवेदी

इनेप्लिज २०७२ फागुन ११ गते १४:३६ मा प्रकाशित

गाईको तस्वीर....

११ फागुन, काठमाडौं । नेपालमा रहेका स्थानीय जातका काठे गाई लोप हुन थालेकोमा चिन्ता व्यक्त गर्दै ती गाईको संरक्षण गर्न गौ सेवा कोष स्थापना गर्नुपर्ने माग राख्दै नेपाल सरकारलाई वैद्यराज दीपक सुवेदीले अनुरोध गरेका छन् ।

गाईको तस्वीर...

विभिन्न दृष्टिकोणबाट नेपालका स्थानीय (काठे) गाईको महत्त्व विशेष भएको कुरा दर्शाउँदै धार्मिक एवम् सांस्कृतिक दृष्टिमा गाईको विशेष महत्त्व रहनुको पछाडिको वैज्ञानिकता स्वास्थ्य, कृषि, इन्धनलगायतका विभिन्न विषय र पक्षमा यो जातका गाईबाट प्राप्त हुने दुध, दही, घ्यू, मलमुत्र आदि र ती पदार्थबाट निर्माण गर्नसकिने औषद् एवम् अन्य सामाग्रीको अत्यन्त ठूलो उपयोगिता रहेको तथ्य प्रमाणित भएको, धेरै अध्ययन तथा अनुसन्धानले पनि

नेपालको स्थानीयस्तरमा पाइने यस्ता गाईबाट प्राप्त हुने दुध एवम् मलमुत्रबाट तयार हुने पदार्थ स्वास्थ्यलगायतका धेरै पक्षमा मानव जनजीवनको लागि अतुलनीय रूपमा उपयोगी भएको पुष्टि गरेको जस्ता कुरालाई प्रकाश पार्दै वैद्यराज सुवेदीले सोमवार स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीमार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एक पत्र दर्ता गराएका हुन् ।

वैद्यराज दीपक सुवेदी

स्वास्थ्य लगायतका आधुनिक विज्ञानको शोध–खोज र अध्ययनले पनि अन्य गाईको तुलनामा यी गाईको विशेषता छुट्टै र महत्त्वपूर्ण रहेको प्रमाणित गरेको, अन्य गाई र भैंसी आदिको दुधादि द्रव्यमा भन्दा यस्ता नेपालका स्थानीय गाईको दुध, दही, घ्यू, मुत्र र मलमा आकाश धर्तीको फरक रहेको र यो जातीको गाईको दूधादिमा भएको पौष्टिकतत्त्वको अरु कुनै पनि जातकोसँग तुलना हुन नसक्ने सो पत्रमा उल्लेख छ ।

गाईको तस्वीर.

ॐ आयुर्वेद आरोग्यशालाका वैद्यराज दीपक सुवेदीले सो पत्रमा गोमुत्र तथा पञ्चगव्यको औषधीय प्रयोग अहिले विकसित मुलुकहरूले नै गर्न लागिसकेको र पश्चिमी कुनै देशले गोमुत्रबाट बनाइने औषधिको पेटेन्ट राइट लिइसकेको जानकारीलाई समेत उल्लेख गर्दै ‘अन्य कुनै पनि औषधिबाट निको हुन नसकेका अर्बुद (क्यान्सर) लगायतका रोगमा गोमुत्रादि पञ्चगव्यको औषधीय प्रयोगले चमत्कारिकपूर्ण सफल परिणाम दिएको छ र त्यसलाई सबै

चिकित्सा पद्धतिले स्वीकार गरीसकेको अवस्था छ । हामी यसको विषयमा अझै पनि चुप लागेर बस्यौं र स्थानीय जातका गाईको संरक्षण तथा यसबाट लिनसकिने उपयुक्त उपलब्धिको बारेमा चेष्टा दिनसकेनौं भने ठूलो भूल एवम् कमजोरी हुनजाने देखिई सकेको छ’ लेखेका छन् ।

गाईको तस्वीर

हाम्रो लागि बहुपयोगी रहेका यस्ता गाईहरू अज्ञानताको कारणले विस्थापित–लोपोन्मुख, अत्यन्तै असुरक्षित, अपहेलित र वेवारिसे अवस्थामा रहेका छन् । जुन कार्यलाई उचित तरिकाबाट व्यवस्थापन गर्न नसकेमा हाम्रो लागि त्यो भन्दा ठूलो आत्मघात अरु के होला र ? सुवेदीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका राज्यमन्त्री कुन्ती कुमारी शाहीको सचिवालयमा दर्ता गराएको पत्रमा प्रश्न गर्दै लेखिएको छ ।

गोवंशको संरक्षणको लागि गौशालाको निर्माण, गौपालनको विधि आदि कार्यहरू उपयुक्त ढङ्गबाट प्रक्रियासंगत तरिकाबाट सञ्चालनमा ल्याउन आवश्यक देखिएको छ । गाईको नामबाट हुनसक्ने स्वास्थ्य सेवा, कृषिकार्य, धार्मिक एवम् सांकृतिक आदि जे जति उपलब्धिपूर्ण कामकार्यहरू छन् ति सबैको प्रयोग, अध्ययन–अनुसन्धान, संरक्षण, संवर्धन, प्रवर्धन, विकास विस्तार गर्न गराउन एवम् यसको लागि आत्मनिर्भर कार्यक्रम तर्जुमा गरी

कार्यान्वयन गर्न तथा देखिएका समस्याको समाधान गर्नको लागि नेपाल सरकारको मातहतमा रहने गरी एउटा गौ सेवा कोषको स्थापना गर्नु उपयुक्त हुने देखी त्यसको लागि नेपाल सरकारसँग अनुरोध गर्दछु, सुवेदीले सो पत्रमा लेखेका छन् ।

पत्रमा कोषको स्थापना भएपछि सामान्य सरकारी नियम अनुसार कार्यालय सञ्चालन एवम् न्यूनतम् कर्मचारी आदिको स्वभाविक खर्चबाहेक कोषलाई आफ्नो कार्य सञ्चालन गर्न नेपाल सरकारको ढुकुटीबाटै खासै बजेटको आवश्यक नपर्ने समेत जनाइएको छ । कोषले आफै उपर्युक्त कार्यलाई कार्यान्वयन गरी सङ्कलन गर्नसक्ने तथा बरु त्यसले राष्ट्रको ढुकुटी भर्न नै

मद्दत गर्ने व्यहोरा समेत स्पष्ट पारिएको छ । यसै गरी पत्रको अन्त्यमा, पञ्चगव्य चिकित्साबाट असाध्य–असाध्य रोगको उपचार सम्भव छ, तर त्यसको लागि यसको विकास हुन जरुरी छ । यस प्रकारको कार्यलाई कार्यान्वयन गर्नसकेको खण्डमा पञ्चगव्य चिकित्साको

माध्यमबाट चिकित्सा क्षेत्रमा ठूलो विकास गर्नसकिने छ । जसबाट उपचारको लागि विश्वका मान्छेहरू यहाँ आउने हुनाले स्वास्थ्य पर्यटन आदिको विकास गर्न सकिने देखिन्छ । आफूसँग भएका साधनस्रोतको विना सदुपयोग र विकास देशको समुन्नति हुन सक्तैन । यहाँको प्रकृति र यो भू–बनोटमा सम्भावना देखिएका यी र यस्ता उद्यमलाई सम्पादन गर्नसक्नु नै आत्मनिर्भरता र स्वाभिमान हो, वैद्यराज सुवेदीले उल्लेख गरेका छन् ।

आयआम्दानीको लागि विदेशी गाईको आयत हुन थालेपछि यहाँका स्थानीय जातका गाईको दुरावस्था हुँदै गएको सबैले देखेको विषय हो । यद्यपि आयातित गाईले जस्तो धेरै परिणाममा यी गाईले दुध नदिए पनि वास्तविक गाईको संज्ञा यिनै स्थानीय जातको गाईलाई जाने गर्छ । यो संज्ञा जानुको पछाडि प्राचिन धर्मग्रन्थ एवम् वर्तमानका आधुनिक स्वास्थ्य विज्ञान लगायतका ग्रन्थ तथा शोधखोजबाट समेत प्रमाणित भएको तथ्य पञ्चगव्य (गाईको दुध, दही, घ्यू, मुत्र र गोवर अथवा मल)को जुन महिमा छ त्यो यिनै स्थानीय काठे गाईको हो नकि जर्सि आदि विभिन्न अप्राकृतिक फर्टिलाइजेशन गरेर विकसित गरिएको गाईको । पञ्चगव्य चिकित्साको लागि सर्वसिद्ध प्रमाणित भएका यी स्थानीय जातका गाईको संरक्षण र ती गाईबाट लिनसकिने सम्भावित उपलब्धि लिनको लागि वैद्यराज दीपक सुवेदीले माग गरे अनुसार गौ सेवा कोष स्थापना हुन गएमा सम्बन्धित कार्य कार्यान्वयन गर्न सकिने

देखिन्छ ।

प्रतिक्रिया