आगलागीबाट दश लाखको क्षति
इनेप्लिज
२०७२ फागुन ११ गते ३:२७ मा प्रकाशित
सप्तरी, ११ फागुन । सप्तरीको बथनाहा गाविसमा गएराति आगलागी हुँदा करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।
जिल्लाको बथनाहा गाविस–५ स्थित ढिकुली निवासी नरेश मण्डलको घरबाट विद्युत सर्ट भइ अचानक सल्केको आगोले निजको एउटा र छिमेकी पितम्बर मण्डलको दुई गरी तीनवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेका अन्नपात ,लत्ताकपडा, भाँडाकुँडा खाद्यान्न र नगद जिन्सी गरी करिब रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।
आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको बताइएको छ ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
प्रतिक्रिया