विष्णुपुरकट्टीका अग्नीपीडितलाई राहत वितरण
लहान, ११ फागुन । सिरहाको विष्णपुरकट्टी गाविस–१ का अग्नीपीडित परिवारलाई रेडक्रस सोसाइटी सिरहाले राहत वितरण गरेको छ ।
विष्णपुरकट्टी गाविस–१ भर्नैनीमा आइतबार भएको आगलागीबाट स्थानीय २१ परिवारका ४६ घर जलेर नष्ट हुँदा करिब रु एक करोड ५० लाख मूल्य बराबरको क्षति भएको थियो । रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवको नेतृत्वमा पुगेको रेडक्रसको टोलीले प्रतिपरिवार एउटा त्रिपाल, कम्बल, लत्ताकपडा र चिउरा, भुजा राहत वितरण गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाबाट गएको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको अथक प्रयासमा दुई घन्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
यसैबीच आज बिहान सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, प्रहरी उपरीक्षक ज्ञवालीसहित जिल्लास्थित सुरक्षा प्रमुखहरुको टोलीले आगलागीस्थलको निरीक्षण गरेको छ ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया