नेपाली जनसम्पर्क समिती पोर्चुगल द्धारा महासमिती सदस्य र महाधिवेशन प्रतिनिधी चयन

इनेप्लिज २०७२ फागुन ११ गते २:२७ मा प्रकाशित

jsslogo

लिस्वन, नेपाली जनसम्पर्क समिती पोर्चुगल ले नेपाली कांग्रेसको आगामी १३ औ महाधिवेशनको लागी ३ जना महासमिती सदस्य र ४ जना महाधिवेशन प्रतिनिधी चयन गरेको छ l जस अनुसार महासमिती सदस्यमा लक्ष्मि प्रसाद सापकोटा, पूर्ण बहादुर हमाल, चिज कुमार तामांग चयन हुनु भएको छ भने महाधिवेशन प्रतिनिधिमा विनोद घिमिरे, भानु सापकोटा, शुशिल शर्मा गैरे, सुरेन्द्र अमागाई हुनुहुन्छ l

माननीय सभासद, केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधी धनराज गुरुङ र सभासद, केन्द्रिय सदस्य गगन कुमार थापा को आतिथ्यता २०१५ मार्च २९ मा सम्पन्न जनसम्पर्क समितीको चौथो महाधिवेशनको बन्द सत्र ले दिएको म्यान्डेट, २०१६ फेब्रुवरी १५ मा सम्पन्न क्रियाशील सदस्य र आकांक्षीहरु को भेला को निर्देशानुसार, २०१६ फेब्रुवरी १५ कै दिन कार्यसमिती को सर्वसम्मत निर्णय अनुसार निम्नानुसार व्यक्तिहरुलाई महासमिती सदस्य र महाधिवेशन प्रतिनिधी चयन गरिएको समितीले जनाएको छ l

प्रतिक्रिया