संविधान कार्यान्वयन गर्न एकता प्रदर्शन गर्नुपर्छ: वरिष्ठ नेता खनाल
सुरुङ्गा (झापा), १० फागुन । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान जारी गर्दा दलहरुले जुन एकता प्रदर्शन गरेका थिए अब त्यसको कार्यान्वयन गर्नसमेत एकताको खाँचो रहेको बताउनुभएको छ ।
झापाली सञ्चारकर्मीहरुसँग आज बिर्तामोडमा सङ्क्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक क्रान्तितर्फ डोे¥याउन दलहरु लाग्नुपर्ने बताउनुभयो । भारतसँगको सम्बन्ध सुध्रिनेमा आफू आशावादी रहेको भन्दै उहाँले परनिर्भरता हटाएर आत्मनिर्भरतातर्फ लाग्न सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकेर आएलगत्तै सीमाङ्कनको विवाद टुङ्ग्याउन दलहरुसँग छलफलमा जुट्ने उहाँको भनाइ थियो ।
एक फरक प्रशङ्गमा नेता खनालले मधेसवादी दलका अधिकांश माग संविधानमा समेटिएकाले अब वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
प्रतिक्रिया