कोलोराडोमा सरस्वती पुजा संगै साहित्यिक गोष्ठी सम्पन्न
फ्रुब्रुअरी २१, २०१६
कोलोराडो, अमेरीका
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार
कोलोराडोको बु्रमफिल स्थित जाईका रेष्टुरेन्टमा बिद्याकी देवी सरस्वती पुजा संगै साहित्य संगम कवि गोष्ठी सम्पन्न भयो ।
गायक बसन्त लम्सालको आतिथ्यतामा उनको ब्रुमफील स्थित जईका रेष्टुरेन्टमा सम्पन्न साहित्यिक गोष्ठीको सुरुआत मंगला चरण तथा सरस्वती बन्दना बाट सुरु गरिएको थियो । कार्यक्रममा १७ जना भन्दा बढी कवी, कवयत्री, गायक तथा सर्जकहरुले आना सृजना प्रश्तुत गरेका थिए ।
बसन्त पञ्चमीको सेरेफेरोमा भएको कार्यक्रममा सरस्वतीको फोटोमा माल्यार्पण पछि अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा र डा. बिजयराज शर्माले कार्यक्रममा उपस्थित साना बाल बलिकाहरुलाई कापी कलम बितरण गरेका थिए । सोही अवसरमा डा. बिजयराज शर्माले लक्ष्मी रेग्मीलाई अक्ष्यराम्भ गराएका थिए ।
कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार,व्यवसायी, बाल बालीका तथा सर्वसाधरणको बाक्लो उपस्थितीले कार्यक्रमको रौनक बढाएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा सर्जकहरुले आ–आङ्खना रचना संगै सरस्वतीको महिमा बर्णन गरेका थिए । यसरी रचना संगै मन्तब्य राख्नेहरुमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउण्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, डा.विजयराज शर्मा, कवि देब भट्टराई, एनआरएनका अध्यक्ष बासुदेब खनाल, प्रवासी नेपाली मन्चका अध्यक्ष जगत श्रेष्ठ, समाजसेवी रमेश गुरुङ, कुमार कार्की, दामोदर लुईटेल, हरि लामीछाने, दिनेश कार्की, प्रज्वल नेपाल, तारा अधिकारी, यशोदा भट्ट लगायतका सघ संस्थाका पदाधिकारी तथा कवि कवयत्री रहेका थिए ।
गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा वाचन गरिएका अधिकांश कविता तथा गजलहरुमा सरस्वतीको महिमा, मातृ भुमी नेपाल र अमेरिकामा नेपालीहरुको अवस्था झल्काउन खोजिएको थियो । मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।
कार्यक्रममा पुराना कवि कवयत्रीहरुको कृति वाचन गर्ने क्रममा राष्ट्रकवि माधव घिमीरेको कृित गौरी खण्डकाव्यबाट देव भट्टराईले सुरिलो छन्दमा प्रस्तुत गर्दा सवैका आ“खा रसाएका थिए । त्यस्तैगरि वसन्त लम्सालको राष्ट्रिय गीतले सबैको मन छोएको थियो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महतको सभापतित्वमा तथा कवि भोला सिवाकोटीको प्रस्तुतीमा सम्पन्न साहित्यिक गोष्ठीमा गीत लगातयतका श्रृजनाको प्रस्तुतीले चट्नीको काम गरेको थियो ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
प्रतिक्रिया