डिसीमा पूर्व प्रधान मन्त्रि स्व सुशील कोइरालालाई यसरि सम्झना गरियो

इनेप्लिज २०७२ फागुन ९ गते १८:५३ मा प्रकाशित

 

IMG_7311

नेपाली जनसम्पर्क समिती अमेरिका भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तेर्हौँ दिनको पून्य तिथिमा डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयर फ्याक्समा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरिएको छ l

कार्यक्रममा शाखाका उपसभापति टंक दाहालले स्वागत मन्तब्य राखेका थिए भने श्रद्धा सुमन व्यक्त गर्दै २ मिनेट मौन धारण गरिएको थियो l स्व सुशील कोइरालाको तस्बिरमा डिसी महानगर क्षेत्रका नेपाली समुदायका प्रतिनिधिले पुष्प गुच्छाले श्रद्धान्जली अर्पण गरेका थिए l

IMG_7287

स्व कोइरालाको जीवनी बारेमा शाखाका सभापति राम शरण हुमागाईले प्रकाश पार्दै वहाले ८ बर्ष सम्म अड्केको संबिधानलाई दिएरै हामीलाई छोडेर जानु भयो l सभापति हुमागाईले अगाडी भने त्यो कहिले हामीले बिर्सने छैनौ भन्दै स्व कोइरालालाई संबिधान पिता हो भने l

श्रद्धान्जली कार्यक्रममा श्रद्धा सुमन व्यक्त गर्नेहरुमा शारदा सिलवाल ,मुक्ति दवाडी ,राम मिश्रा ,डा रमेश पन्त ,कविन्द्र सिटौला ,मेदनी अधिकारी ,देबेन्द्र खनाल ,विजय थापा ,डा ठाकुर पुडासैनी ,सागर कंडेल ,परशुराम भण्डारी ,पदम रेग्मी ,गोपाल रेग्मी ,मधु पन्थी ,अर्जुन सिग्देल ,टिका राम पौडेल ,डा देश राज संयोक ,मोहन निरौला ,भुमिस्वर सापकोटा ,डा राम हरि सुबेदी ,प्रेम पौडेल ,निर्मला उप्रेती ,केन्द्रिय उप सभापति केशब बराल रहेका थिए l

IMG_7310

नेपाली जन सम्पर्क समिति अमेरिकाका केन्द्रिय उप सभापति केशब बरालले युवा नेताहरुलाई स्व सुशील कोइराला जस्तो सादगी र त्यागी बन्न सक्नु पर्छ भनि संदेश दिए l श्रद्धा सुमन दिदै अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष डा ठाकुर पुडासैनीले नाम पनि सुशील र स्वभाव पनि शुशिल नै भएको आफुले पाएको बताए l एनआरएन भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीले स्व कोइराला त्याग ,तपस्या र निष्ठावान नेता हुनु हुन्थ्यो भन्दै अब त्यस्तो नेता पाउन बिरलै हुने बताए l

अमेरिका नेपाल सहयोगी समाजका पूर्व अध्यक्ष सागर कंडेलले अब स्व सुशील कोइरालालाई साच्चै श्रद्धान्जली गर्ने हो भने अब नेपालमा एक कुसल नेतृत्व दिनु पर्छ l त्यो गर्न सकियो भने मात्र वहालाइ गरिने श्रद्धान्जली सार्थक हुने भन्दै पत्रकार मार्फत यो संदेश पुगोस भनि आग्रह गरेका थिए l

IMG_7306

श्रद्धा सुमन क्रममा बिभिन्न नेपाली समुदायका प्रतिनिधिले कविता पनि बाचन गरेका थिए l स्व शुशिल कोइरालालाई श्रद्धान्जली दिने हो भने पुनरावृति अब हुनु हुदैन ,संबिधानका पिता ,संबिधानका प्रणेता ,सादगी जीवनका धनि ,ईमान्दारिता आदि ईत्यादीको बारेमा स्व सुशील कोइरालाका बारेमा बोल्दे श्रद्धा सुमन व्यक्त गरेका थिए l

यसै गरि काग्रेसीहरु अरुका कुरा सुन्दैनन् तर सुशील कोइराला सुन्नु हुन्थ्यो भनि डा रमेश पन्तले स्मरण गराए l डिसी नेपालका संचालक डा राम हरि सुबेदीले श्रद्धा सुमन व्यक्त गर्दै स्व सुशील कोइरालाले अन्तिम अवस्थामा दर्दनाक रहेको बताए l डा सुबेदीले स्व कोइराला प्रधान मन्त्रि हुदा कांग्रेसका आसे पासेले खुब फाईदा लिएको चर्चा गर्दै कांग्रेसमा हाल गुन्डा र फटाहाको प्रवेस भएकोमा दुख ब्यक्त गरे l

IMG_7301

नेपालमा प्रजातन्त्र स्थापना र नागरिक हक प्राप्तिका लागि भएका आन्दोलनहरुमा सदैब अग्रपंक्तिमा रही नेतृत्वदायी भूमिका निर्बाह गर्नु भएका स्वर्गिय कोइरालामा श्रद्धान्जली अर्पण गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए l

स्व कोइराला लामो समयदेखि जिब्रोको अबुर्द रोग बाट पीडित हुनु हुन्थ्यो भने कोइराला ७९ वर्ष पूरा भई ८० लाग्नु भएको थियो l बि पी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई उनी २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए प्रजातन्त्रको घटी निमोठीए पछि भारतमा लामो समय सम्म प्रवासमा बस्नु परेको थियो । स्व कोइरालाको जन्म सन् १९३९ मा पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको थियो ।

नेपाली जन सम्पर्क समितिका भर्जिनिया शाखाका सदस्य केदार तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेका थिए एम कुमार सिटौलाले कार्यक्रम संचालन गरेका थिए l सभापति राम शरण हुमागाईले सभाको बिसर्जन गरेका थिए l

IMG_7350 IMG_7340 IMG_7320 IMG_7321 IMG_7314 IMG_7268 IMG_7264 IMG_7248 IMG_7295 IMG_7289

प्रतिक्रिया