किन लोभी छन् अमेरिकाका नेपाली

इनेप्लिज २०७२ फागुन ९ गते २:४४ मा प्रकाशित

BIJAY THAPA

अमेरिका आएका नेपाली अन्य देशमा रहेका नेपाली भन्दा लोभी छन भन्दा दुःख लाग्न सक्छ । सवैभन्दा धेरै कमाउने र व्यवस्थित रुपमा वस्दै आएका नेपालीहरुले नेपाललाई माया कम गर्ने आरोप छ । नेपालीहरु अमेरिका डलर कमाउन जन्म थलो छोडेर आएका हुन्छन l अमेरिकामा पैसा बढी भएर नेपालमा जस्तै पैसा छर्दैनन l अमेरिकामा नेपालीलाई मुद्रा कहिले बेसी हुदैन र सदैब अपुग हुन्छ l

नेपालमा हुदा त्यहि पुरुष ,त्यहि महिला ,त्यहि युवा तथा कुनै पनि पेशाका मानिस दिलदार हुन्छन l दिनु भने पछि छाती ठुलो गरेर दिन्छन l मुट्ठी खोलेर दिन्छन l तर ठिक बिपरित ,अमेरिका आए पछि लोभीको भाँडो उभिन्डो हुन्छन l

अमेरिका आएका नेपाली लोभी बन्द्छन l के साच्चै हो त ? यसका केही उदहारण यहाँ मैले प्रस्तुत गर्ने जमर्को गरेको छु अमेरिकाको बातावरणले त्यो सिकाउछ l अमेरिका लाखौ खर्च गरेर आए पछि हारालुछ गर्दैनन् l पैसा फ्याक्न भासिएका हुदैनन् l यत्र तत्र खर्च गर्न तम्सिदैनन l कंचो कंचो को हिसाब गर्दछन l अमेरिकामा द्रब्य कमाउन रगत पसिना निकाल्नु पर्छ l नेपाल जस्तो अमेरिकामा सरल रुपमा डलर बोरामा कमाईदैन l त्यसको लागि हाड घोट्नु पर्छ र कुर्कुच्चा खियाउनु पर्छ l काम गर्दा गर्दा शरीर थिलथिलो हुने गरि काम गर्नु पर्छ l अमेरिकामा कमाउन ढाड ,पिडुला ,तिघ्रा तथा पैतालाको दोहोलो काढिने हुन्छ l

खैनी माड्दै काममा आलटाल गर्ने ,पान चपाउन पान पसल मै बेपत्ता हुने ,चिया पिउने निउले घन्टौ हराउने आदि ईत्यादी अमेरिकामा गर्न पाइदैन l त्यति सरल संग अमेरिकामा कमाउन सकिदैन l घन्टा घण्टा को हिसाबले पैसा पाउने भएकोले बेपत्ता संग काम गर्नु पर्छ l अमेरिकामा बेईमानी धन तथा कालो धनको परिकल्पना गरिदैन l

अमेरिकामा भ्रष्टाचार नहुने भएकोले परिश्रम बाट कमाएको पैसाको लोभ र लालच हुन्छ l मुट्ठी कस्न मन लाग्छ l खर्च गर्न तौलिएर गर्नु पर्ने हुन्छ l घुस ,भ्रष्टाचार ,हप्ते चन्दा संकलन ,दादागिरी ,अपहरण ,धम्कि ,तस्कर ,गैर कानुनि असुली आदि ईत्यादी बाट अमेरिकामा रातोरात धनि बन्ने सपना हुदैन l कालाधन तथा पदको दुरुप्रयोग गरि फोकटमा आउने धन भएकोले जति खर्च गर्न पनि मन लाग्छ l तर अमेरिकामा बढो कठिन साथ जीवन हत्केलामा राखेर डलर कमाइन्छ l अनि फारु गर्न मन लाग्छ l अमेरिकामा बक्सिस घर दैलोमा पुर्याईदैन l घर मै बसी बसी बैंकको खातामा कसैले रकम हाल्दैनन l हरेक हप्ता या पन्ध्र दिनमा आउने धनादेश(चेक )ले परिवारको चुलो जल्छ l

नेपालमा अभिभावकले कमाएर अरुले उप्पर खुट्टी लगाएर खाए जस्तो अमेरिकामा चल्दैन l अमेरिकामा घरका हरेक सदस्य काम गर्नु पर्छ l अमेरिकामा ऋण नै ऋणको जिन्दगि हुन्छ l आफ्नो खर्च आफै निकाल्नु पर्छ l अभिभावकले आफ्नो ऋण तिर्छन भन्ने अमेरिकामा चल्दैन l नेपालमा तीन पुस्ते र सात पुस्ते सम्पत्ति कमाएका करोड पतिका सन्तानले पैसा उडाए जस्तो अमेरिकामा हुदैन l पैसा उडाउन पल्केका सन्तानले पनि अमेरिकामा आए पछि लुरुक्क र सुरुक्क भै जीवन चलाउन घोटिनु पर्ने हुन्छ l नेपालमा हप्काएर खाने मानिस यहा गुजारा चलाउन हप्काई खाएर समेत काममा घोटिनु पर्छ l

नेपालमा अभिभावकलाई घुर्की लगाएर भए पनि जुनसुकै ईक्षा प्राप्त गर्न पल्केका सन्तान अमेरिकामा आफ्नो गोजी खर्च निकाल्न भए पनि चुपचाप कमाउनु पर्छ l अरुले थेगेको घर ब्यबहार अमेरिकामा चल्दैन l अमेरिकामा एक एक पैसाको महत्व ज्यादै हुन्छ l नेपालमा जस्तो लुटको धन र गाडेको धन जस्तै गरि धन्सारमा थुपारिएको हुदैन l

अमेरिकामा सानै देखि काम गर्ने आदतको कारण पैसा चिनेका हुन्छन l सेतो पैसा कमाउन मरीहत्ते गर्छन l कालो पैसा कमाउन लाग्नेलाई छिटो साढे सातको दशा लाग्दछ l झ्याल खानामा जाकिन्छ l

अमेरिकामा कानुन कडाको साथै अन्य दायाँ बायाँ बाट पैसा कमाउन सोच्दैनन् l अझ आप्रवासी यो कुरामा सात कोष टाडा बस्दछन l चोखो आफ्नो कमाईले घर धान्नु पर्ने भएकोले मानिस मेहनत र कडा परिश्रम गर्न बाध्य हुन्छन l यसरि दुख गरेर बिरानो देशमा हरेक दुख सहेर भए पनि डलर कमाउने हुँदा पैसाको माया लाग्छ l मुद्राको महत्व बुझिन्छ l यसरि नै अमेरिकामा जिन्दगि बित्ने हुँदा डलरको मुल्य बारेमा सबै अवगत हुन्छन l

अमेरिकामा मर्दा पर्दा कसैले पाँच पैसा पनि ननिकाल्ने हुँदा डलर कमाउने बानि भएकालाई त्यो नहुदा झट्का लाग्दछ l अमेरिकामा डलर आई रहने भएता पनि सोचेर सम्झेर खर्च गर्नु पर्ने हुन्छ l जागिर कति बेला जाने हो भन्ने सदैब त्राहिमाम भै रहन्छ l यसरि नेपालबाट अमेरिकामा आएका मानिसमा नेपालको भन्दा पैसाको सवालमा बदलिएको पाईन्छ l अनि लोभी न हुने कुरै भएन l अमेरिकामा छिरेका नेपालको जस्तो खर्च गर्न सक्दैनन् भनि आरोप पनि लाग्दछ l

नेपालमा पुर्खाको सम्पत्तिमा दाई गर्न पाउने भएता पनि अमेरिकामा त्यो चल्दैन l पैतृक सम्पत्ति कब्जा गर्ने ,अंशबन्डामा रडाको मचाउने ,दाजुभाई र आमाबुवा संग सम्पत्तिको लागि झैँ झगडा गर्ने यहाँ हुदैन l नेपालमा बाबुआमाले हाड खियाएर अथाह सम्पत्ति जोडेता पनि दुष्ट सन्तान र संघारे परि दिदा सुति सुति खाने प्रवृतिका सन्तानले अमेरिकामा चाई चुई नगरी कामै गरेर खानु पर्ने हुन्छ l अनि पैसा कमाउन साह्रो रहेछ भनि झलास्स हुन्छन l

अनि मूद्रा को ईज्जत यस्ता बाट हुने हुन्छ l यसरि नेपालमा पैसा खेलाउन ,खुवाउन ,छर्न ,चन्दा दिन ,दान गर्न धन बहादुर भएता पनि अमेरिकामा गरिब बहादुर बन्दछन l मितव्ययिता अपनाउन बाध्य हुन्छन l किनभने अरुले कमाएर राखेको सम्पत्ति खर्च गर्न स्वाद आउछ तर आफुले अहोरात्र मेहनत गरेर पसिना बगाएर कमाएको पैसा खर्च गर्न बेस्वाद हुन्छ l किनभने डलर कमाउन आफ्नो श्रम खर्चिएको हुन्छ l

पैतृक सम्पत्ति उढाउने नेपाली अमेरिकामा तौलिएर ,जोखेर ,विचार गरेर मात्र खर्च गर्न बाध्य हुन्छन l यसरि नै अमेरिकामा जीवनको पांग्रा चलाउनु पर्ने हुन्छ l जीवन जोखिम र भोलि के हुन्छ भन्ने भय भै रहन्छ l अनि नेपालीहरुले फजुल खर्च नियन्त्रण गर्न खोज्दा अमेरिका छिरे पछि लोभी हुँदा रहेछन भन्ने आक्षेप लाग्दछ l

यसरि अमेरिका भासिएका नेपाली लोभीको भाडो कुभिन्डो कहलिन्छन l अमेरिकामा परिस्थितिको कारण नेपाली समुदाय लोभी बहादुर र लोभी कुमारी को संज्ञा पाउने गर्छन l अमेरिकाले दिएको शिक्षा भनेको नै फजुल खर्च गर्न बाट साबधान हुने र मितव्ययिताको सिद्धान्त अपनाउनु नै उत्तम हुने छ l

वाशिंगटन डिसी

प्रतिक्रिया