काँग्रेस पनि सरकारमा आउँछ: सचिव भट्टराई
इनेप्लिज
२०७२ फागुन ८ गते १६:०० मा प्रकाशित
पाँचथर, ८ फागुन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाली काँग्रेस पनि विस्तारै सरकारमा सामेल हुने बताउनुभएको छ ।
पाँचथरको फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपाली काँग्रेसको १३औँ महाधिवेशनपछि काँग्रेससमेतको सहभागितामा एमाले नेतृत्वको सहमतीय सरकार बन्ने बताउनुभएको हो । विगतमा एमालेको नेतृत्वमा सहमतीय सरकार बनाउने सहमति भए पनि काँग्रेस प्रतिपक्षमा बस्दा जटिलता बढेको उहाँको भनाइ थियो ।
अब सबै दल एक ठाउँमा नउभिए नयाँ संविधानको कार्यान्वयनमा लैजान चुनौती थपिने बताउनुभयो । यस्तै, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशमा देखिएको सम्बन्ध समधुर बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिलेको भ्रमण ठूलो उपलब्धि हात पार्नेभन्दा पनि चिसिएको सम्बन्धलाई अघि बढाउनेमात्रै भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
प्रतिक्रिया