बिहीबार, माघ १५ २०७७
काठमाडौं १४:००
वासिङटन डिसी 03:15

दुई सामाजिक अगुवालाई सम्मान

इनेप्लिज २०७२ फागुन ८ गते ४:४० मा प्रकाशित

इलाम, ८ फागुन । कोल्बुङमा दुई जना सामाजिक अगुवा सम्मानित भएका छन् ।

कोल्बुङ–६ का प्रकाश आचार्यको सडक दुर्घटनामा परी २०६७ साल फागुन ७ गते मृत्यु भएपछि उनको स्मृतिमा स्थापना भएको रु पाँच लाखको अक्षयकोषबाट समाज सेवामा समर्पित व्यक्तिलाई प्रत्येक वर्ष पुरस्कृत गरिँदै आइएको छ ।

सम्मानित हुनेमा मेची आँखा अस्पताल झापाका अध्यक्ष मेमलाल राजवंशी र झापा मेची नगरपालिका–६ का अगुवा कृषक खड्गबहादुर अधिकारी रहेका छन् ।
उहाँहरुलाई जनही रु १० हजार १०० नगदसहित दोसल्ला ओढाएर सम्मान सम्मान गरिएको हो ।

प्रजातन्त्र दिवसको अवसर पारेर नागरिक अगुवा धर्म गौतमलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया