अनेरास्ववियुको मतगणना सुरु

इनेप्लिज २०७२ फागुन ७ गते १३:२२ मा प्रकाशित

काठमाडौँ, ७ फागुन । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

एमाले पार्टी कार्यालय धूम्रबाराहीमा मतगणनाका लागि आचारसंहिता निर्माण बनाइएपछि आज साँझदेखि गणना सुरु भएको हो । यसअघि बुधबार दिउँसोदेखि सुरु भएको मतदानको प्रक्रिया बिहीबार सम्पन्न भएको थियो ।

सत्र पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि देशभरका एक हजार ५९७ प्रतिनिधिले मतदाता रहे पनि एक हजार ५१९ मत खसेको थियो । गत माघ २८ गतेदेखि सुरु भएको २२औँ सम्मेलन समयमा सम्पन्न हुन नसक्दा प्रक्रिया लम्बिएको थियो ।

युनियनका निवर्तमान प्रवक्ता आरसी लामिछानेले अहिले काठमाडौँ उपत्यकाको मतगणना सुरु गरिएको बताउँदै शनिबार साँझसम्म परिणाम सार्वजनिक हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया