एउटा चिठी पठाउछु फोटो हेरी पढ्नु
धुलिमाटी खेल्दा ला’को भोटो हेरी पढ्नु
अनगिन्ति पानाहरु सम्झनाका कति
दुख हैन सुखमात्र छोटो हेरी पढ्नु
वल्लो घर पल्लो घर आगन यौटै थियो
विदेशिने कर्म मेरो खोटो हेरी पढ्नु
याद भए तिमीलाई आँखा छोपी खेल्थ्यौ
लुकामारी खेल्ने गर्या चोटो हेरी पढ्नु
पिरै पिरले सिन्का जस्तै भए पनि यहाँ
खुसि छु म, तिमि आफु मोटो हेरी पढ्नु
प्रतिक्रिया