झाडापखालाको पहिचान गर्न नमुना लगियो

इनेप्लिज २०७२ फागुन ७ गते १:४६ मा प्रकाशित

diarrhoeaदैलेख, ७ फागुन । मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दैलेखको तोलीजैसी क्षेत्रमा फैलिएको झाडापखाला वा अरु कुनै रोग भन्ने पहिचान गर्न बिरामीको रगत र दिसाको नमुना लिएको छ ।

पाँच गाविसको केन्द्रका रुपमा रहेको लकान्द्रस्थित ठाँटीकाँधमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापनादेखि अहिलेसम्म डाक्टर पुगेका थिएनन् । डाक्टरको दरबन्दी भएपनि दुर्गम भएकाले आउन नमान्ने प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकबिहीन थियो । १८ वर्षपछि दरबन्दीका डाक्टर आउँदा स्थानीयवासीले भव्य स्वागतसमेत गरेका छन् ।

क्षेत्रीय निर्देशनालयका महामारी नियन्त्रण एकाइका भेक्टर कन्ट्रोल अधिकृत श्यामलाल आचार्यको नेतृत्वमा बिहीबार त्यहाँ पुगेको टोलीले ती नमुनाहरु लिएको हो । सङ्कलित नमुनाहरु परीक्षण गर्ने प्रयोगशाला काठमाडौँमा रहेकाले महामारी रोग नियन्त्रण महाशाखा टेकुमा पठाइने उहाँले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयको अग्रसरतामा औषधि र पर्याप्त स्वास्थ्यकर्मी खटाई अहिले विस्तारै झाडापखाला नियन्त्रण हुँदै गएको छ । त्यहाँ गत हप्ता दुईजना बालकको ज्यान गएको थियो ।

प्रतिक्रिया