बाल श्रमिक घटे
इनेप्लिज
२०७२ फागुन ६ गते १०:३७ मा प्रकाशित
पथरी (मोरङ), ६ फागुन । विराटनगर उपमहानगरपालिकाले बालबालिकालाई श्रममा लगाउन नपाइने अभियान चलाएपछि बाल श्रमिकको सङ्ख्या घटेका छन् ।
विराटनगर उपमहानगरपालिकाका बालबालिका शाखा प्रमुख डिल्ली धिमालका अनुसार विराटनगर नगर क्षेत्रमा २०६८ सालमा गरिएको सर्भेक्षणमा बाल श्रमिकको सङ्ख्या दुई हजार ७८० देखिएको थियो ।
नगर क्षेत्रमा २०७० सालमा गरिएको सर्भेक्षणमा बाल श्रमिकको सङ्ख्या घटेर एक हजार १२२ जनामा झरेको पाइएको थियो ।
विसं २०५७ मा श्रमिक बालबालिकाको सङ्ख्या झन्डै १० हजारको हाराहारीमा रहेको धिमाल बताउनुहुन्छ ।
विराटनगर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न बाल श्रमिकको प्रयोगमा कडाइ गरिएको हो । विराटनगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको उहाँ बताउनुहुन्छ ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया