कारागारमा क्षमताभन्दा तेब्बर कैदी
पथरी (मोरङ), ६ फागुन । मोरङ कारागारमा क्षमताको झन्डै तेब्बर कैदीबन्दी राखिएपछि समस्या भएको छ ।
सुनसरीलगायत अन्य छिमेकी जिल्लाबाट कैदीबन्दी स्थानान्तरण गरिएकाले पनि कारागारमा कैदीबन्दी अटाइनअटाई भएका हुन् ।
मोरङ कारागारका जेलर दुर्गादत्त पौडेलका अनुसार २५० जनाको क्षमता रहेको मोरङ जिल्ला कारागारमा अहिले ७२५ कैदीबन्दीलाई राखिएको छ ।
कारागारमा क्षमताभन्दा बढी कैदी राखिएपछि उनीहरुलाई खान, सुत्न र शौचालय जानसमेत समस्या हुने गरेको छ । जेलर पौडेल भन्नुहुन्छ – “क्षमताको झन्डै तीनगुणा बढी कैदी भएकाले धेरै समस्या भएको छ ।” जेलर पौडेलले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराउँदासमेत समस्या समाधान हुन नसकेको बताउनुभयो ।
मोरङ कारागारका अनुसार सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका ७० प्रतिशत जबर्जस्ती करणी, लागुऔषधलगायतका गरेर अन्य २४ वटा मुद्दाका कैदीबन्दी मोरङ कारागारमा छन् ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
प्रतिक्रिया