काँग्रेस अछाममा स्वाँर विजयी

इनेप्लिज २०७२ फागुन ६ गते २:३९ मा प्रकाशित

भीमदत्तनगर, ६ फागुन । नेपाली काँग्रेस अछामको सभापतिमा भरतकुमार स्वाँर विजयी हुनुभएको छ ।

बुधबार भएको दोस्रो चरणको मतदानमा प्रतिद्वन्द्वी गणेशबहादुर विष्टलाई १२० मतले पछि पार्दै पूर्व सभापतिसमेत रहनुभएका स्वाँर विजयी हुनुभएको हो ।

कुल ७०६ मतमध्ये ६६९ मत खसेको थियो । जसमा स्वाँरले ३९५ र विष्टले २७५ मत प्राप्त गरेको नेपाली काँग्रेस अछामले जनाएको छ ।

त्यसैगरी काँग्रेस अछामको कार्यसमितिको सचिव पदमा नमबहादुर शाही र कोषाध्यक्षमा झङ्करबहादुर साउद मङ्गलबार नै विजयी भइसकेका थिए ।

प्रतिक्रिया