यी हिरोइनले आफूभन्दा १४ बर्ष जेठा निश्चलसँग गरिन् विहे, किन रोजिन जेठो श्रीमान ?

इनेप्लिज २०७२ फागुन ५ गते ११:४५ मा प्रकाशित

Nischal-basnet-768x432

काठमाडौं । चलचित्र ‘होस्टेल रिटन्र्स’बाट नेपाली सिने क्षेत्रमा उदाएकी नायिका स्वस्तिमा खड्काले आफूभन्दा १४ वर्ष जेठा वरसँग लगनगाँठो कसेकी छिन् । नेपाली चलचित्रमा २ वटा मात्र चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक निश्चल बस्नेतसँग स्वस्तिमाले विहे गरेकी हुन् । २० वर्षीय स्वस्तिमाले आफूभन्दा १४ वर्ष जेठा ३४ वर्षीय निश्चितसँग काठमाडौको एक पार्टी प्यालेसमा आफ्न्त नातेदार र केही चलचित्रकर्मीलाई साक्षी राखेर धुमधामका साथ बिहे गरिन् । आफूले सरल यूवकको खोजी गरेको र निश्चलमा त्यो गुण भएकाले मन पराएर विहे गरेको स्वस्तिमाले बताइन् ।

बिहेमा सिमित चलचित्रकर्मीलाई मात्र निम्ता गरिएको थियो । स्वस्तिमाका दुलाहा निश्चलले भोली चलचित्रकर्मीलाई निम्तो गरेर बिहे पार्टी दिदैछन् । ‘लुट र टलक जंग भर्सेस’ निर्देशन गरेपछि निश्चलले चर्चा पाएका थिए । दुबै जनाले घरपरिवारको सल्लाहमा विहे गरेका थिए । उनीहरुका परिवारबीच पहिल्यैदेखि चीनजान थियो जसले स्वस्तिमा र निश्चललाई नजिक बनाएको थियो । केही महिनाअघि नै इन्गेजमेन्ट गरेर उनीहरुले फागुनमा विवाह गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया