राष्ट्रिय झन्डा चिनाउन देशव्यापी भ्रमण
इनेप्लिज
२०७२ फागुन ५ गते ३:२३ मा प्रकाशित
कञ्चनपुर, ५ फागुन । नेपाल र नेपाली राष्ट्रिय झन्डा चिनाउन देशव्यापी भ्रमण थाल्नुभएका भक्तपुरका ६० वर्षीय लक्ष्मीनारायण शिल्पकार आज यहाँ आइपुग्नुभएको छ ।
पाँच महिनाअघिदेखि देशव्यापी यात्रामा निस्कनुभएका शिल्पकारले अहिलेसम्म राष्ट्रिय झन्डा चिनाउनका लागि ३९ जिल्लाको भ्रमण गरिसक्नुभएको छ । राष्ट्रिय झन्डाको रङ र चन्द्रसूर्यको महत्वबारे सर्वसाधारणलाई बुझाउन उहाँले सर्वसाधारणलाई जानकारी दिँदै आउनुभएको छ ।
गत मङ्सिर १ गते उहाँले ताप्लेजुङबाट यात्राको सुरुआत गर्नुभएको थियो । धेरैले राष्ट्रिय झन्डाबारे थाहा नपाएकाले पूर्वपश्चिम उत्तरदक्षिण सबैतिरका बासिन्दालाई जानकारी गराउन यात्रामा निस्केको उहाँले बताउनुभयो । “७५ वटै जिल्लाको भ्रमण गरी राष्ट्रिय झन्डाको महत्व बुझाउने लक्ष्य लिएको छु”–उहाँले भन्नुभयो ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया