लहान, ५ फागुन । सिरहा प्रहरीले गए राति गोलबजार नगरपालिकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–३ स्थित जङ्गबहादुर भुजेलको खेतबारीबाट भरुवा बन्दुक र सोही हतियारमा प्रयोग गरिने बारुद एक केजीसहित पक्राउ गरेको हो ।
प्रहरीले भरुवा बन्दुक र बारुद सहित गोलबजार नगरपालिका–३ निवासी २२ वर्षीय राजकुमार भुजेल र सोही स्थानका २६ वर्षीय मोती सदालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया