प्रधानमन्त्रीको भ्रमणपछि मात्रै ग्यास आयातमा सहज

इनेप्लिज २०७२ फागुन ५ गते २:३७ मा प्रकाशित
gass-bullet-585x330काठमाडौँ, ५ फागुन । नेपाललाई इन्धन बेच्ने एकमात्र संस्था इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि मात्रै मागअनुसार ग्यास दिनसक्ने संकेत गरेको छ। कारोबार दैनिकमा समाचार छ
सबै नाका खुलेपनि आईओसीले मागको आधामात्र ग्यास बुलेट लोड गर्दै आएको छ। प्रधानमन्त्री फागुन ७ देखि भारत भ्रमणमा जाँदैछन्।
आईओसीले माथिल्लो तहबाट निर्देशन नभएको भन्दै तत्काल मागबमोजिम ग्यास लोड गर्न अस्वीकार गरेको नेपाली पक्षले जनाएको छ। आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले ग्यास आपूर्ति बढाउन निरन्तर ताकेता गरिरहेका छन् ।

प्रतिक्रिया