नेपाली टेलिभिजन गोर्खा च्यानलले “नमस्ते युरोप” दम्पति कार्यक्रममा सयौ श्रृखलाको उत्सव भव्य ।

इनेप्लिज २०७२ फागुन ५ गते १:३८ मा प्रकाशित

image

लण्डन ५ फाल्गुण । लण्डनबाट प्रसारण हुने नेपाली टेलिभिजन गोर्खा च्यानलले नमस्ते युरोप दम्पतिको सफलताको सयौं भागको उत्सवमा लण्डनका निमित्त कार्यवाहक राजदुत तेज वहादुर क्षेत्रीलाई प्रमुख अथितीमा बोलाईएको थियो ।

उक्त उत्सवमा वेलायत जस्तो व्यस्त जीवनमा दम्पतिहरु विच समय दिन नसकीरहेकोले कार्यक्रमकै सिलसिलामा भएपनि आपशमा गासिएको प्रेम व्यक्त होस भन्ने उदेश्यले सुरु गरिएको दम्पति कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।
नेपाली टेलिविज़न गोर्खा च्यानले सन् २०१३ सेप्टेम्बर देखि प्रसारण गर्दै आएको दम्पति कार्यक्रमले उत्कृष्ट दम्पतिको रुपमा चौथो श्रृखलामा कुराकानी गरिएका दम्पति डा. शेष धले र श्रीमती जमुना धलेलाई सम्मान गरेको छन् ।
उत्कृष्ट दम्पतिको अवार्ड सगैं श्री लक्की ज्वेर्लसका तर्फवाट डेढ तोलाको प्रणय दिवशको उपलक्ष्यमा पिरतीको “औठी” उपहार स्वरुप प्रदान गरिएको कार्यक्रममा “दम्पति अफ दि नाइट” मा नरेन्द्र तामाङ र अन्जना गुरुङको जोडी चुनिएको अवसरमा इटलीको भेनीस ट्राभल कन्सोलले आवत जावतको हवाई टिकट उपहार दिएका छन् ।

उत्कृष्ट फेसन डिज़ाइनर चांद लामा र जाङमु सेर्पालाई लण्डनस्थित फेसन हाउसका तर्फवाट आकर्षक पुरस्कार हयाम्पर प्रदान गरिएको थियो । सयौ श्रृखलामध्ये सवै भन्दा वढि युटयुवमा हेरिएको जोडी विजय धिमीरे र प्रति थापा धिमीरेले युटयुव अवार्ड प्राप्त गरेका थिए भने एभरेष्ट इनको तर्फवाट गीफ्ट हाम्पर हात पारेका छन् ।
उक्त विशेष कार्यक्रममा वेलातका मिडिया संसारमा आर्थिक र भौतिकरुपमा महत्वपुर्ण योगदान दिनुहुने वालजंग अर्याललाई “मेन अफ द मिडिया” अवार्डवाट सम्मान गरिएको छ ।

पहिलो नेपाली तारा दिपक लिम्वुलाई समेत सम्मान गरिएको कार्यक्रममा दम्पतिको सुरुवाती दिनको वारेमा बोल्दै च्यानल पत्रकार (चरि चुच्चे च) राजेन्द्र भटले सवैलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
च्यानलको उक्त उत्सव कार्यक्रममा प्रस्तोता विमला सेनेले आफनो अनुभव सुनाउदै विशेष अतिथिको रुपमा एनआरएन आइसीसी युरोप संयोजक कुल आचार्य , एनआरएन आइसीसी सल्लाहकार डमर धले ,एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङलाई विशेष सम्मानका साथ स्वागत गरेकी थिईन् । निसा गुरुङले संयोजन गरिएको कार्यक्रममा सहभागि दम्पत्तीहरुले आकार्षक फेसन सो समेत प्रस्तुत गरेका थिए ।
सो फेसन सोलाई लण्डन फेसन हाउसकी निर्देशक मनिषा डङोलले संयोजन गरेकी थिइन् । कार्यक्रममा सुरभी व्युटी पार्लर, गोल्नसीन रेष्टुरेन्ट, हिमालयन स्पाइस रेष्टुरेन्ट, नमस्ते एक्सप्रेस सुपरमार्केट, निरमाया रोधीघर लगायले प्रायोजन गरिएको उपहारहरुलाई रयाफल ड्र मार्फत सहभागि दम्पतिहरुलाई हस्तान्तरण गरिएको थियो ।
सभामा उपस्थित दम्पतिहरुलाई मनोरन्जन प्रदान गर्न पहिलो नेपाली तारा दिपक लिम्वुले प्रेम गीतहरु प्रस्तुत गरेका थिए भने सपन कुमार राई ,सर्मिला वर्दैवा र सितु खरेलले कर्णप्रिय गीतहरु पस्किएको कार्यक्रमलाई श्रद्धा गुरुङले संचालन गरेकी थिइन्।

प्रतिक्रिया