तामांग ल्होछारलाई मिलन लामा तथा संजोग योन्जन तामांगले उत्पात चिसोमा दर्शकलाई नचाउनुको साथै तताए

इनेप्लिज २०७२ फागुन ४ गते २०:३० मा प्रकाशित

DSC05392

डिसी महानगर क्षेत्रमा स्थापना भएको तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटन डिसीको आयोजनामा भएको तामांगहरुको महान पर्व २८५२ औ बाँदर बर्ष मनोरंजनको साथै भव्यताको साथ सम्पन्न भयो l

ल्होछर कार्यक्रममा “आजको ल्होछर मेलामा हामी भेट भएको बेलामा” भन्ने थिम गीतमा मनासस निवासी तामांग विद्यार्थी द्धय सुप्राज्ञ तामाग तथा अमृति तामांग नृत्यबाट सुरु भएको थियो । उनिहरुको प्रस्तुति प्रसंसनीय थियो । सोसाइटीका उपाध्यक्ष ईश्वरजंग तामांग द्वारा संचालित सांस्कृतिक कार्यक्रममा नेपाली परंपरागत नृत्यहरु मनासस भर्जिनियका स-साना बहिनीहरुको नेपाली गीतमा गरेको नृत्यहरु दर्शकहरुको थप मनोरन्जनको साथै आकर्षण रहेको थियो । डिवी तामाङ्गले गाएको तामाङ्ग सेलो “गएको मङ्सिर महिनामा राम्शाली धानको कुनियाँ, यो केटि पक्कै म लान्छु बल गरि देउान दुनियाँ” बोलको गीत गाउदा निकै ताली पाएको थियो ।

DSC05378

पेमा लामा तथा उत्तर लामाको दाज्युभाईले गाएको तामांग गित, “चैताको बुलबुल मन तुलबुल” भन्ने बोलको गीत गाएर दर्शकहरुलाई थप रोचक बनाएका थिए । नेपालबाट तामाग सोसाइटीले झिकाएको चर्चित लोकदोहरी गायक मिलन लामाले शुरुमै “ आफू थरले तामांगको छोरा भए पनि जात पहिलो नेपाली र त्यसपछि मात्र तामांग हुँ भने l मिलन लामा तथा संजोग योन्जन तामांगले उत्पात चिसोमा दर्शकलाई नचाउनुको साथै तताएका थिए l

शेर्पाहरुले गाउने नाम्चेबाजर तिर निकै चर्चित गीत “नाकाधीङ्ग लयको गीत गाएर शुरु गरेको थियो l मन्जु पुन तथा मिलन लामाको दोहोरी निकै कर्णप्रिय रह्यो l नेपाली राजदतावासका उप नियोग प्रमख ऋषि राम घिमिरे मुख्य आतिथ्यमा भएको उक्त पर्वममा वासिंगटन डिसी वरपर छारिएर बसोबास गर्ने नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो l

कार्यक्रमको सुरुमा थालनिमा महा भूकम्पामा परी ज्यान गूमाएकाहरु तथा पिडितहरको आत्मालाई चीर शान्ती मिलोस भनेर “ओम बज्रा बज्रा सत्तो समाय, मनुपलाय” भन्ने एक सय सिलिवसको मन्त्र पढेर सुनाई एको थियो जसको अर्थ कुनै पनि व्यवधान बाधक नहोस भनि प्रार्थना गरिएको थियो l

DSC05359

बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा आफनो नेपाली राजदूतावास अमेरिकाको तर्फबाट शुभकामना को साथै उप नियोग प्रमुख घिमिरेले शान्तिको कामना गर्नु भएको थियो l

निवर्तमान तथा संस्थापक अध्यक्ष श्याम लामा तामाङ्गबलले सो संस्थाको महत्वको बारेमा प्रकाश पर्नु भएको थियो भने संस्थाका अध्यक्ष आनन्दु लामा थिङ्गले सबैको सहयोग र सल्लाह नपाएको भए कार्यक्रमले सफल पाउने थिएन भनि सबैलाई धन्यबाद दिए l कार्यक्रममा समाजका उपाध्यक्ष ,महासचिब, तथा सदस्यहरु उत्तर लामा, रोजि घिसिंग तथा ल्हमो तामाङ्गहरुले आ आफनो तर्फबाट सोसाइटीको बिबिध पक्षबारे मन्तब्य व्यक्त गरेका थिए l

निवर्तमान संस्थापक उपाध्यक्ष तथा बर्तमान सल्लाहकार डिग बहादर तामांगले ल्होछारको पर्व तथा यसको महत्व बारे बताएका थिए l तामांगले नेपाल त्यो फूलबारी हो जहा विभिन्न प्रकारका फूल बनेर सामाजिक सहिष्णुता झंगिएका छन् l जस्ले जे पर्व मनाए पनि आखिर नेपालीहरुको चाड हो भन्दै यहाहरुको सहभागिता हाम्रो आतिथित्य हो भनेर प्रकाश पारेका थिए l

DSC05389

यसै गरि संस्थाका नेत्र घिसिङ्ग तथा उहाँकी श्रीमती शरोज घिसिङ्ग अतिथीहरुको स्वागतमा व्यस्त थिए भने समाजका कोषाध्यक्ष बिर बहादुर तामांग तथा बिष्णु तामांगले पाहुनाहरुलाई द्वार देखि नै स्वागतमा व्यस्त थिए l

DSC05577

DSC05553

DSC05319

DSC05318

DSC05338 DSC05337

DSC05362

प्रतिक्रिया