नेपाली राष्ट्रिय टिमलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले १२औँ दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा उपाधि जितेकामा नेपाली राष्ट्रिय टिमलाई बधाई एवम् शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्रीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जितले नेपालको शिर उचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवम् खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षलाई आफ्नो व्यक्तिगततर्फबाट र सरकारको तर्फबाट एक विज्ञप्ति जारी गरी बधाई दिनुभयो । उहाँले भन्नुभएको छ – “नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ । सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।”
प्रधानमन्त्रीले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकामा बधाई दिँदै आगामी दिनमा अझै राम्रो तयारी गर्न सुझाव दिनु भएको छ ।
साथै सागमा स्वर्ण, रजत र काँस्य पदक विजेता खेलाडीलाई पनि प्रधानमन्त्रीले बधाई दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया