दादुरा खोप दिइने

इनेप्लिज २०७२ फागुन ४ गते ३:२० मा प्रकाशित

dadura-Khopभद्रपुर, ४ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले दादुरा र रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

तीन चरणमा फागुन ९ गतेबाट सुरु भई फागुन २८ गते सम्पन्न गर्ने र यसका लागि नौ महिनादेखि पाँचवर्षसम्मका एक लाख १३ हजार बालबालिकालाई भ्याक्सिन दिइने वरिष्ठ जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताले जानकारी दिनुभयो ।

यो कार्यक्रमसँगसँगै जन्मेको शिशुदेखि पाँच वर्षका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम पनि रहेको बताइएको छ ।

यसैगरी, फागुन २१ र २२ गते झापाका सबै नागरिकलाई हात्तीपाइले रोगको औषधि पनि खुवाउने जनाइएको छ ।

प्रतिक्रिया