चितवन समाज ईजरायलले स्थापनाको दोश्रो वर्षको अवसरमा आदर्श गृहलाई सिलाई मेसिन हस्तांतरण

इनेप्लिज २०७२ फागुन ३ गते १७:३६ मा प्रकाशित

10287172_10205277104516175_770032956_n

फागुन ३ चितवन । स्थापना कालको दोश्रो वर्षको अवसर पारेर चितवन समाज ईजरायलले चितवन भरतपुर उपमहानगर पालिका वड़ा नं ७ कृष्णपुर स्थित आदर्श गृहलाई २ वटा सिलाई मेसिन चितवन युवा समूह अंतराष्ट्रीय समन्वय समितिले फेब्रेवरी १४ तारीख आईतबार आयोजनामा गरि सहयोग हस्तांतरण कार्यक्रम संपन्न गरियो ।

12729205_226793511000244_5502118669007426441_n
उक्त सिलाई मेसिन सहयोग हस्तांतरण कार्यक्रममा चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रम अथितिहरुमा रेसू तिवारी ईजरायलबाट,युएई बाट जगत क्षेत्री, मेंघराज ज्ञवाली,दीपक सुबेदी इजरायल,आदर्श गृह संस्थापक समाजसेवी मीना खरेल दीदी,आदर्श गृहकी आमा भीमा जिसी रहनु भएको थियो। कार्यक्रममा उल्लेख्यरुपमा समाजसेवीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम चितवन युवा समूह अंतराष्ट्रीय समन्वय समितिका उपाध्यक्ष मनोज अर्यालले सञ्चालन गर्नु भएको थियो ।
मंतव्य राख्दै रेसू तिवारीले इजरायलबाट सामाजिक मानवीय सेवामा सदा लागि रहने प्रण गर्दै समस्त इजरायलमा रहनुहुने चितवनवासी लगायत सहयोग गर्नु हुने सबैमा धन्यबाद दिनु भएको थियो। त्यस्तै युएई बाट जगत क्षेत्री ,इजरायलबाट मेघराज ज्ञवाली ले समाज ले गरेको सामाजिक कार्यलाई धन्यबाद दिदै यस उदाहरणीय कार्यबाट समाजमा सकारात्मक सन्देश जानेछ भन्ने मंतव्य राखेका थिए।

12735632_10205277103876159_755593618_n

आदर्श गृहकी संस्थापक मीना खरेलले आदर्श गृहको बारेमा मन्तव्य राख्दै घरपरिवारबाट अपहेलित समाजबाट बहिस्कृत बेसाहारा महिलाहरुलाई आश्रय लालनपालन गर्दै आवश्यक शिप शिक्षा तथा रोजगारको समेत सक्दो प्रबन्ध मिलाएको जानकारी गराउनु भएको थियो। आदर्श गृहमा २७ जना महिला तथा १९ जना बालबालिका आश्रित रहनु भएको जानकारी गराउदै चितवन समाज इजरायलको सहयोगलाई धन्यबाद दिनु भयो ।
कार्यक्रमको अन्त्यमा चितवन युवा समूह अन्तराष्टिय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले चितवन समाज इजरायलको स्थापनाको तेश्रो बार्षिकीको अवसरमा बिगत जस्तै निरन्तर सामाजिक कार्यमा सेवा गर्दै आदर्श गृहमा आश्रित पीड़ित बेसाहरा एकल महिलाहरुको सिप कला र सृजनालाई सम्मान गर्दै स्वरोजगारको लागि आत्मविस्वास बढोस भन्दै २ थान सिलाई मेसिन सहयोग गरेकोमा चितवन समाज ईजरायललाई बिशेस धन्यबाद दिएका थिए।

प्रतिक्रिया