चण्डेश्वरी प्रा.वि.लाई अष्ट्रेलियाको ANFS द्धारा पुर्ननिर्माणका लागि आर्थिक सहयोग र शैक्षिक सामाग्री बितरण

इनेप्लिज २०७२ फागुन २ गते १६:२४ मा प्रकाशित

anfs donation

गत बैशाख १२ गतेको भुकम्पले क्षति पुर्याएको नुवाकोट जिल्ला खड्गभन्ज्याङ ७ जोगीडाँडाको चण्डेश्वरी प्रा.वि.लाई अष्ट्रेलिया-नेपाल फ्रेण्डशीप सोसाइटी (ANFS) ले बिद्याकी देवी सरस्वतीको पूजाको अवसर पारेर फाल्गुन १ गते शैक्षिक सामाग्री तथा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । खड्गभञ्याङ चण्डेश्वरी प्रा.वि. नुवाकोट जिल्लाकै विकट स्थानमा रहेको बिद्यालय अन्तर्गत पर्दछ । विनाशकारी भुकम्पले चण्डेश्वरी प्रा.वि.को भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुर्याएको थियो । जसका कारण वालबालिकाहरु खुल्ला आकाशमुनि पढ्न बाध्य थिए । गरीब र सीमान्तकृत वर्गका वालबालिकाहरु भुकम्पबाट बिद्यालयको संरचना भत्केपछि पहिलेको अवस्थमाा बिद्यालय भवन कहिले बन्ला भन्ने चिन्तामा थिए जति बिद्यालय व्यवस्थापन पक्ष र बिद्यालयका प्रधानाध्यपक, शिक्षक एवं अभिभाकवहरु थिए । anfs subedi
समाजसेवी श्री कुमार बिक्रमजंग पाण्डेले अष्ट्रेलिया – नेपाल फ्रेण्डशीप सोसाइटीका अध्यक्ष श्री बिक्रम सुवेदीसँग समन्वय गर्दै सहयोग संकलनमा अग्रसर रहे । ANFS का  बिक्रम सुवेदीेले अष्ट्रेलियाको क्यानबेरा र क्वीनबियनका छरिएर रहेका अष्ट्रेलियन नेपालीहरुबाट भुकम्पपीडितका लागि राहत कोष खडा गरे र सुवेदीको समाजसेवी अभियानलाई क्यानबेरामा रहेका नेपालीहरुले पनि सक्दो साथ दिए ।  anfs subedi
सोही अवसरमा खड्गभञ्याङको चण्डेश्वरी प्रा.वि. को प्रत्यक्ष अवलोकन गरेर  अष्ट्रेलिया- नेपाल फ्रेण्डशीप सोसाइटीका अध्यक्ष बिक्रम सुवेदीले शैक्षिक सामाग्री र सहयोग हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षता र प्रधानाध्यपक श्री सूर्य ढुंगानाको उपस्थितीमा शैक्षिक सामाग्रीहरु किताब कपी कलम, झोला, स्वीटर ज्याकेट र कम्वल बितरण गरिएको थियो । anfs donation
सुवेदीले बिद्यालयको भौतिक संरचना पुर्ननिर्माणका लागि संकलित एकमुष्ट सहयोग रकम पनि बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । हाल अष्ट्रेलिया- नेपाल फ्रेण्डशीप सोसाइटीद्धारा निर्मित अस्थायी टहरोमा बिद्यार्थीहरु शिक्षा लिइरहेका छन् । चण्डेश्वरी प्रा.वि को भौतिक संरचना निर्माणका लागि लाग्ने कुल रकम खड्गभञ्याङ ७ जोगीडाँडाको स्थानीय बासिन्दा, बिद्यालय व्यवस्थापन समिति, अभिभावक र अष्ट्रेलिया नेपाल फ्रेण्डशीप सोसाइटीको समन्वयबाट जुटाइने बिक्रम सुवेदीले बताए । चण्डेश्वरी प्रा.वि.को भौतिक संरचना निर्माणका लागि स्थानीय बासिन्दाको श्रमदान सबैभन्दा बढी रहको छ ।   9
बिद्यालय भवन निर्माणको साथसाथै  भुकम्पले खड्गभञ्याङ ७ जोगीडाँडाको स्थानीय समुदायमा परेको पानीको चरम संकट समाधानका लागि समेत अष्ट्रेलिया- नेपाल फ्रेण्डशीप सोसाइटीले पहल गर्ने संस्थाका अध्यक्ष सुवेदीले बताएका छन् । अहिले जोगीडाँडाका स्थानीय बासिन्दाहरुको खानेपानी लिन ४५ मिनेट हिडेर जानुपर्ने कष्टकर जीवनशैली छ । खानेपानीको संकट समाधानका लागि फेरि अर्को सामाजिक अभियान अष्ट्रेलियामा रहेका नेपालीहरु माझ थाल्ने र सहयोग रकम जुटाउने प्रतिबद्धता समेत गरेका छन् ।
पैसा नै ठूलो होइन मन र आत्मा ठूलो हुनुपर्दछ यो नै सच्चा मानवीयताको पहिचान हो भन्ने उदाहरण बनेको छ अष्ट्रेलिया-नेपाल फ्रेण्डशीप सोसाइटी र समाजसेवी बिक्रम सुवेदी । सुवेदीको यो सामाजिक सहयोग अभियानलाई नुवाकोट खड्गभञ्याङ ७ जोगीडाँडाका स्थानीय बासिन्दा, बिद्यालय परिवार र बिद्यार्थीहरुले फुलमाला अबीरसहित भव्य स्वागतका साथ सम्मान गरे । अष्ट्रेलिया- नेपाल फ्रेण्डशीप सोसाइटी जस्तै सामाजिक मन भएका सामाजिक संस्था तथा व्यक्तिहरुलाई अहिलेको समाजले खोजिरहेको छ । के तपाई पनि यस्तै सामाजिक अभियानमा सरिक हुने की ? आजै  मनन् गर्नुहोस्, भोलि भने ढिला भइन्छ, कहाँ पुगिन्छ थाहा छैन ।

प्रतिक्रिया