मोटरसाइकलको ठक्करबाट मृत्यु

इनेप्लिज २०७२ फागुन २ गते ८:०१ मा प्रकाशित

Road Accidentतनहुँ, २ फागुन । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने शुक्लागण्डकी नगरपालिका–१० स्थित खैरेनीटारमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएकी एक पैदलयात्री महिलाको उपचारको क्रममा गए राति मृत्यु भएको छ ।

ग १० प १२१३ नंको कालो पल्सरले सडक किनारमा हिँडिरहेकी घिरीसुन्धारा गाविस– ८ बस्ने ४२ वर्षीया माया सार्कीलाई ठक्कर दिँदा घाइते भएको र स्थानीय सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै पोखरास्थित फिस्टेल अस्पतालमा पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया