लस एन्जल्समा सरस्वती पूजा सम्पन्न

इनेप्लिज २०७२ फागुन २ गते ५:२३ मा प्रकाशित

saraswoti puja

अमेरिका, लस एन्जलस, १३ फेबुअरि । श्री पशुपतिनाथ फाउनडेशनद्वारा सञ्चालित नेपाली भाषा पाठशालाको आयोजनामा नानीहरूलाई पुस्तक, कापी, कलम प्रदान गरी अक्षारम्भ गर्दै सरस्वतीको फोटो स्थापना गरी पूजा गरेर सरस्वती पूजा मनाइयो ।
स्थानीय गुरुहरु विष्णु पौडेल र रुद्र भट्टराईद्वारा वैदिक विधि अनुसार पुजाअर्चना गराएका थिए । पूजा अर्चनामा बालबालिकाहरु रमाउदै पूजा अर्चना गर्नमा व्यस्त थिए भने आजको दिनमा अक्षारम्भ गर्दा राम्रों हुने चलन अनुसार पहिलो पटक लेख्न सिकाउदै थिए ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने प्रचलन रहिआएकोछ ।
प्रवासमा रहेका नेपालीहरूले समेत आफ्ना नानीहरूलाई यस पर्वको समयमा सरस्वतीको पूजा गर्न लैजाने गरेकाछन् । अमेरिकाका विभिन्न भागमा नेपालीको उपस्थिति बढे सँगै नेपाली भाषा स्कुलहरु बढेका छन् भने स्कुलहरुले आफ्नो कला र संस्कृति झल्कने कार्यक्रम गर्दै आईरहेकाछन । आजको दिनमा अमेरिकाका विभिन्न सहरका साथ अन्य देशहरूमा पनि श्रीपञ्चमी पर्व मनाएकाछन ।

saraswoti puja1

प्रतिक्रिया